Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य मन्त्रालय कि डम्पिङ साइट ? [फोटो फिचर]

शनिबार, ०१ माघ २०७३, ०८ : ३२ मा प्रकाशित

स्वास्थ्य मन्त्रालय कि डम्पिङ साइट ? [फोटो फिचर]


सविता सापकोटा /सदीक्षा भट्टराई
काठमाडौँ – तपाईं माइतघरबाट भद्रकाली निस्कने छोटोबाटो हिँड्नु भएको छ ? त्यहीबाटोमा जोडिएको स्वास्थ्य मन्त्रालयबाट यसको परिसरमा एक छिन चिहाउनुस् त । तपाईं जनताको स्वास्थ्यप्रति संवेदनशिल हुनु पर्ने स्वास्थ्य मन्त्रालयको कम्पाउन्डमा हुनुहुन्न । कुनै डम्पिङ साइट देखिरहनु भएको हुने छ । दिनहुँ हजारौ मानिस हिड्ने सडकको छेउमा रहेको मन्त्रालयको परिसर फोहरको डंगुरले भरिएको छ । बटुवाहरु स्वास्थ्य मन्त्रालयको फोहर हेरेर नाक थुन्छन् । मन्त्रालयका पदाधिकारीलाई थुक्दै बाटो लाग्छन् ।


स्वस्थ्य सम्बनधी नियम, कानुन र नयाँ योजना ल्याउने स्वास्थ्य मन्त्रालयले कमाउन्डमै यसरी फोहोरको डङ्गुर थुपारेर बस्दा सर्वसाधारणले के सिक्लान ? स्वास्थ्य मन्त्रालयको कम्पाउन्डमा तपाईंले पुराना कुर्ची, फाटेका सोफा, शिशा, जस्तापाता, डाइनिङ टेबल, पुराना खाटलगायतका फर्निचर डंपिङ गरेर राखिएको छ । यतिमात्र होईन चुरोटको खोललगायत ठुटा, सुर्तिको खोल, फोहोरको पोखा पनि त्यहाँ देख्न सकिन्छ ।

यो त भयो जिर्ण भवनभित्रको दृष्य । संगैको खुला चौरमा काठमाडौंको सडकमा थुपारिएको जस्तै फोहर यत्रतत्र फ्याँकिएको छ । त्यहाँ फ्याँकिएको फोहर हेर्दा लाग्छ, भित्रको क्यान्टिनको फोहर यहीँ थुपारिन्छ । त्यति मात्र हैन, यहाँ काम गर्ने कर्मचारीले पनि घरको फोहर यहीँ ल्याएर थुपार्छन् ।


त्यसमा पनि अहिलेका जल्दाबल्दा युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हालीरहेका छन् । उनको आँखामा नाकअगाडिको फोहर गनाउँदैन ? अस्पतालको फोहर ब्यवस्थापन गर्ने धाक लगाउने मन्त्री थापाले आफ्नै मन्त्रालयभित्र फोहर गर्नेलाई कारबाही गर्नु पर्दैन ?

सरकारले भर्खरै गुडिरहेको गाडीबाट पानीको बोतल बाहिर फ्याँक्नेलाई समेत जरिमाना गर्ने नियम बनाएको छ । यसरी स्वास्थ्य जस्तो सम्बेनशिल विगागीय मन्त्रालयपरिसरलाई फोहरको डंपिङ साइट बनाउने मन्त्रालयका अधिकारीहरुलाई कारबाही हुँदैन ?त्यसमा पनि अहिलेका जल्दाबल्दा युवा नेता गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हालीरहेका छन् । उनको आँखामा नाकअगाडिको फोहर गनाउँदैन ? अस्पतालको फोहर ब्यवस्थापन गर्ने धाक लगाउने मन्त्री थापाले आफ्नै मन्त्रालयभित्र फोहर गर्नेलाई कारबाही गर्नु पर्दैन ?  

दिनहुँ जस्तै नगरपालिकाको गाडी फोहोर उठाउन आउँछ । किन उनीहरु यसरी खाली रहेको जग्गालाई डम्पिङ साइट बनाईरहेका छन् ? के डम्पिङ साइटकै लागि त्यो जग्गा छुट्याईएको हो ?मन्त्रालयमा रहेको फोहोरले बाटोमा हिड्ने मानिसलाई समेत असजिलो महसुस हुन्छ । त्यहि बाटोमा हिडिरहेका एक स्वास्थ्यकर्मो रोशनकुमार साहले स्वास्थ्य मन्त्रालयको यस्तो लापरवाहीप्रति गुनासो गरे ।

‘यसरी खुल्ला रुपमा फोहर फ्याँक्दा हावाको माध्यमबाट मानिसलाई रोग गाग्न सक्छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय रोग निवारण गर्न गठन भएको हो कि रोग फैलाउन ? उनी सरकारी कर्मचारी हुन् । उनलाई आफ्नै तालुक मन्त्रालयको यस्तो अबस्था देख्दा लाज लागेर आउँछ । ‘मैले पहिल्यै देखेको भए फेसबुकमा राखेर भाइरल बनाइदिन्थें,’ उनले भने,‘तपाईंहरुले देखाइ दिनु भयो । स्वास्थ्य मन्त्रालयको यस्तो हालतलाई भाइरल बनाइ दिनु होला ।’ 

 

5879b577785b5.jpg 5879b599e2edd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको