Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलन शुक्रबार हुँदै, तयारी पूरा

विहीबार, १९ पुस २०७५, १६ : ३८ मा प्रकाशित

लगानी सम्मेलन शुक्रबार हुँदै, तयारी पूरा

अर्थ संसार, मङ्गलबारे–  इलाम नगरपालिकाको आयोजनामा पुस २० गते हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दनसमेत गरिने नगरपालिकाले जनाएको छ ।

इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरूप अभिनन्दन गरिने इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले लगानी सम्मेलन गर्न लागेका नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो ।

लगानी सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री, प्रदेश तथा सङ्घीय सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा उद्योगी–व्यवसायीको सहभागिता रहने जनाइएको छ ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका मुख्य क्षेत्रका रूपमा सम्मेलनमा लाने तयारी गर्दैछ । कृषितर्फ चिया, अदुवा, अलैँची, दूध, जडीबुटीलगायत क्षेत्रमा दाताहरूलाई सम्भावना देखाउनेछ । जिल्लामा उत्पादन हुने कृषि उपजलाई प्रशोधन र बजारीकरणका माध्यमबाट यस क्षेत्रमा उद्योगधन्दा स्थापनाका लागि लगानीकर्ताको ध्यानाकर्षण हुने अपेक्षा रहेको प्रमुख बस्नेतको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको