Like us!
Follow us!
Connect us!
Watch us!
सरकारको विश्वासिलो प्रतिवद्धता रहे लगानी बढाउन सकिने बैंकरको भनाइ

उद्यमीलाई लगानी बढाउन उद्योग मन्त्रीको बैंकरहरुलाई आग्रह

शुक्रबार, २९ पुस २०७३, १२ : ५४ मा प्रकाशित

उद्यमीलाई लगानी बढाउन उद्योग मन्त्रीको बैंकरहरुलाई आग्रह

अर्थ संसार
काठमाडौं–उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु, साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सघाउन बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।       उद्योग मन्त्रालयमा बिहीबार आयोजित बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुको छलफलमा उद्योग मन्त्री जोशीले उद्योग क्षेत्रमा नयाँ परिवर्तन गर्न मन्त्रालय अगाडि बढिरहेको भन्दै यसमा सघाउन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे ।

बैंक तथा वित्तिय संस्थाहरुको लगानीको सुरक्षा गर्न सरकार सहजिकरण गर्न तयार रहेको भन्दै मन्त्री जोशीले कस्तो खालको नीतिगत व्यवस्था गरेमा लघु, साना तथा घरेलु उद्योगमा लगानी बढ्न सक्छ भनेर जिज्ञासा राखेका थिए ।

औद्योगिक वातावरण बनाउन सरकारले कानुनी संरचनाको निर्माणलाई प्राथमिकतामा राखेको भन्दै मन्त्रीले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन मन्त्रालयबाट अन्तिम मस्यौदा तयार भई अहिले विभिन्न मन्त्रालयमा छलफलको क्रममा रहेको र कम्पनी ऐन संसदीय समितिमा छलफल भइ आगामी दुई हप्ताभित्रै संसदमा प्रस्तुत हुने पक्रियामा रहेको बताए ।

नेपाल राष्ट्र बैंकका डेपु्टी गभर्नर शिवराज श्रेष्ठले विषेश गरेर साना तथा मझौला उद्योगहरुमा कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको भए पनि बैंक तथा वित्तिय संस्थाहरुले अहिलेसम्म त्यसको प्रभावकारी कार्यान्वयन गरेको नदेखिएको बताए । यस्ता क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गरेको खण्डमा केन्दीय बैकले ५ प्रतिशत व्याजदरमा पूर्नकर्जा उपलब्ध गराउने व्यवस्था गरेको बताए । अहिलेसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुले त्यस्तो सुविधा माग नगरेको उनको भनाइ थियो ।

छलफलमा बैंकर एशासियसन, विकास बैंक संघ र फाईनान्स कम्पनीका प्रतिनिधिहरुले वित्तिय साक्षरताको अभावमा साना व्यवसायिहरु बैंक तथा वित्तिय संस्थामा कर्जाकोे लागि आउने नगरेको भन्दै सरकारले लघु, घरेलु तथा साना उद्यमीहरुलाई उद्यमशीलता सम्वन्धि तालिम प्रदान गर्ने क्रममै बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई समेत समावेश गराउन सके त्यसले परिणाम दिने बताए ।

बैंक तथा वित्तिय संस्थाहरुले आम जनताको पूँजीलाई परिचालित गरी लगानी गर्ने भएकाले लगानीको सुरक्षाका लागि सरकारको विश्वासिलो प्रतिवद्धता रहे लगानी बढाउन सकिने उनीहरुको भनाई थियो । 

यो पनि पढ्नुहोस्

नेपाल लाइफको एफपिओः दुई दिनमा पौने ८ अर्बको आवेदन

स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रस्ताव गर्यो एफपिओको मूल्य, १२९० रुपैयाँमा बेच्न अनुमति माग

मध्यरातमा कोको छानिए उच्च अदालतका न्यायाधिक (सूचीसहित)

जानिराखौं, केके कुरा मिसायर खान हुदैन ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको