Like us!
Follow us!
Connect us!
Watch us!

प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न ‘खुल्दुली’ एप्स

आइतबार, १५ पुस २०७५, १८ : २७ मा प्रकाशित

प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न ‘खुल्दुली’ एप्स

अर्थ संसार, पोखरा– किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) र जर्मन विकास सहयोग (जिडिसी) को सहयोगमा निर्मित ‘खुल्दुली’ मोबाइल एप्स पोखरामा सार्वजनिक गरिएको छ ।

किशोरकिशोरीको स्वास्थ्यसम्बन्धी सही सूचना प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने उद्देश्य राखिएको सो एप्सको पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक खेम खड्काले आज शुभारम्भ गर्नुभयो । एप्समार्फत किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना सजिलो, विश्वसनीय, गोप्य र जोखिमरहित लिन सकिने भएकाले उनीहरूलाई आफ्नो स्वास्थ्य तथा जीवन समृद्ध बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

किशोरावस्थाका युवामा कलिलै उमेरमा विवाह हुने, छिटो तथा अनिच्छित गर्भाधारण हुने, यौन रोग, एचआइभी एड्स, लागुऔषध, कुपोषणजस्ता समस्यापर्ने गरेको वास्तविकतालाई दृष्टिगत गरी ती सबै समस्याबारे सही सूचना प्राप्त गर्न सहयोग गर्ने उद्देश्यका साथ एप्स तयार गरिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएपपीए०का पैरवी तथा सञ्चार अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा रहेको एप्स एन्ड्रोइड सिस्टममा सञ्चालित सम्पूर्ण मोबाइलको प्ले स्टोरबाट इन्टरनेट सेवामार्फत डाउनलोड गर्न सकिन्छ । डाउनलोड भएपछि भने इन्टरनेट सुविधा नभए पनि एप्स हेर्न सकिने क्षेत्रीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको