Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा अर्बको कारोबार

विहीबार, १२ पुस २०७५, १५ : १८ मा प्रकाशित

शेयर बजारमा अर्बको कारोबार

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं–  लामो समयपछि शेयर बजारमा अर्बको कारोबार भएका छ । साताको अन्तिम दिन विहीबार १ अर्ब १२ करोड ९९ लाख ६९ हजार २ सय ९ रुपैयाँको कारोबार भएको छ ।

बजार १.०८ अंकले घटेपनि कारोबार रकममा पनि ह्वात्तै बढेको छ ।  कुल १७४ वटा कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर खरिदविक्री भएको छ । कारोबार भएको समुह मध्ये ८ समूह ओरालो लाग्दा नेप्से इन्डेक्स १२१५.१३ विन्दुमा आइपुगेको छ ।

सामान्य अंकले घटेको बजारमा उत्पादन १९.१८ अंक, अन्य ११.४६ अंक र लाइफ इन्स्योरेन्स १७० .४२ अंकले बढेको छ भने बैकिङ ६.६६ अंक, व्यापार २.९६अंक, विकास बैंक ५.२९ अंक, होटल ६३.६३ अंक, जलविद्युत ४.२९ अंक, फाइनान्स २.२१ अंक , निर्जिवन लाइफ इन्स्योरेन्स ४८.६७ अंक र माइक्रोफाइनान्स २.६५ अंकले घटेकोे छ ।

आज सवै भन्दा धेरै नागरिक लगानी कोषका शेयरधनीले झण्डै आफ्नो आम्दानी १० प्रतिशतले बढाएका छन । यता, सवै भन्दा धरै सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले आफ्नो आम्दानी झण्डै ७ प्रतिशतले गुमाएका छन् ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको