Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, १२ पुस २०७५, १० : ३६ मा प्रकाशित

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं–  ग्लोबल आईएमई बैंक, काबेली विकास बैंक र सिर्जना फाइनान्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने बिहीवार (पुस १२ गते) अन्तिम दिन रहेको छ ।

तीनओटै कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् । यसको आधारमा पुस १२ गतेसम्म सम्बन्धित कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

१६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सहित ग्लोबल आईएमई बैंकले पुस २७ गते १२औं वार्षिक साधारण सभाको आयोजना गर्दै छ । सो सभा नक्साल ब्यांक्वेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ । बैंकले सभामा लाभांश वितरण सहित पूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरू लैजादै छ ।

३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्दै काबेली विकास बैंकले पुस २८ गते ११औं वार्षिक साधारण सभाको आयोजना गर्दै छ । सो सभा होटल चिप एण्ड बेष्ट, धनकुटामा मध्याह्न साढे १२ बजे शुरू हुनेछ । बैंकले सभामा बोनस शेयर वितरण सहित लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरू लैजादै छ ।

सिर्जना फाइनान्सले १५ प्रतिशत बोनस शेयर र ९ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभाको आयोजना गरेको छ । सो सभा पुस २८ गते मोरङ व्यापार संघको सभाकक्ष, विराटनगरमा बिहान ११ बजे शुरू हुनेछ । कम्पनीले सभामा लाभांश वितरणसहित ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने लगायतका प्रस्तावहरू लैजाँदै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको