Like us!
Follow us!
Connect us!
Watch us!
अनलाइनबाटै गर्न सकिन्छ आवेदन

लोकसेवाले माग्यो ४ सय ५६ जना नायव सुब्बा [विज्ञापनसहित]

विहीबार, २८ पुस २०७३, १७ : २० मा प्रकाशित

लोकसेवाले माग्यो ४ सय ५६ जना नायव सुब्बा [विज्ञापनसहित]

अर्थसंसार
काठमाडौँ – लोकसेवा आयोगले एकैपटक ४ सय ५६ जना नायव सुब्बाको लागि दरखास्त खुल्ला गरेको छ । आयोगले महिला, खुल्ला, आदिवासी, जनजाती, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र गरी पूर्वाञ्चलमा ९१, मध्यमाञ्चलमा १ सय ९८, पश्चिमाञ्चलमा ६९  मध्यपश्चिमाञ्चलमा ५७ र सुदूर मध्यपश्चिमाञ्चलमा ४३ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

जुनसुकै संकायबाट १२ कक्षा उतीर्ण गरेका व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्नेछन् ।ईच्छुक व्यक्तिले अनलाईनमार्फत २०७३ को माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस मितिभित्र छुट्नेहरुले माघ २५ गतेसम्म दोब्बर दस्तुर तिरेर फर्म भर्न सक्ने आयोगले जनाएको छ ।

लिखित परीक्षाअन्र्तगत प्रथम परीक्षा २०७३ फागुन २८ गते हुने जानकारी आयोगले दिएको छ । आयोगले प्रथम चरणको परीक्षा पास गरेपछि द्वितीय पत्रको सामाजिक आर्थिक अवस्थाको परीक्षा र ऐच्छिक विषयको २०७४ बैशाख १६,  अंग्रजी भाषा र कुटनैतिक विषयको बैशाख १७ गते तोकेको छ ।आवेदन दिन आवश्यक कागजातका साथ ४ सय रुपैयाँ तिर्नु पर्ने आयोगले विज्ञापनमा उल्लेख गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको