Like us!
Follow us!
Connect us!
Watch us!

प्राईम कलेजमा अन्तर्राष्ट्रिय स्तरको एआई पाठशाला सुरु हुँदै

मंगलबार, १० पुस २०७५, १५ : ४० मा प्रकाशित

प्राईम कलेजमा अन्तर्राष्ट्रिय स्तरको एआई पाठशाला सुरु हुँदै

अर्थ संसार, काठमाडौं– नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ । नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुबाट आएका १२० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनार्इ रहेकाछन् ।

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सका प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने वताईएको छ । उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका,१७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका ब्यक्तित्वहरु सहभागि रहेकाछन् ।

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने ? तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, ब्यवस्थापकिय, स्वास्थ्य लगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ ।

उक्त कार्यक्रममा सहभागिहरुलाई तालिम र परामर्र्श दिन आउनु भएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालय अन्तर्गत कम्यूटर विज्ञान विभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआई सम्वन्धि प्रभाकारी शिक्षणको सुरुवात नै हुन नसकेको वताउनुहुन्छ । मानन्धरका अनुसार यो पाठशालाले एआईको सम्वन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा सहयोग पुर्याउनेछ ।

नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुशन्धानकर्ताको रुपमाकार्यरत डा.विनोद भट्टराईका अनुसार पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा ‘अनुशन्धान सँस्कारलाई सहयोग पुर्याउनु हो ।’

भट्टराई, नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छभन्ने कुरा नेपालले नै तय गर्न सक्नु पर्ने बताउनु हुन्छ । नेपालको कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक प्रविधिका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई छ । भट्टराई ‘जबसम्म अनुशन्धान गर्ने सँस्कार र वातावरण निर्माण गरिदैन तबसम्म प्रविधिको क्षेत्रमा प्रगति नहुने’ दावीगर्नु हुन्छ ।

विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछौटेपन बेहोरीरहेको नेपालमा आर्टिफिसियल ईन्टेलीजेन्स जस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्वन्धित विषयमा सोध, तालिम र वहस हुनु आफैंमा सुखद विषय हो । प्राईम कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर कृष्णकुमार श्रेष्ठ नामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सुचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने वताउनुहुन्छ ।

नेपालबाट विश्वका विभिन्न विश्वाविद्यालय र अनशन्धान केन्द्रहरु पुगेर उक्त विश्व विद्यालयहरुमा कम्यूटर विज्ञान र एआईको क्षेत्रमाकार्य गरेका तथा नेपालमा पनि सुचनाप्रविधि क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनशन्धानकर्ता र बैज्ञानिकहरु मिलेर स्थापन ागरिएको नामीको अवधारणा सन् २०१५ बाट नै अगाडि बढेको हो । नेपालमा सन् २०१८ मा कानुनी प्रकृया पुरा गरी गैर नाफा मुलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, ब्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्तविषयगत क्षेत्रहरुको विकासका लागि एआई सम्वद्धअध्ययन अनुशन्धान गर्ने तय गरेको छ ।

नेपाली विद्यार्थीहरुको विद्यावारिधि लगायत सोध र अनुशन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामा आधारित वृहत्तर अनशन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्य सहित स्थापित नामीले विज्ञान प्रविधिको विकासका लागि आवश्यक नीति निर्माणमा सहेत सहयोग गर्ने वताएको छ ।

प्रथम नेपाल एआई पाठशालाका लागि सहभागिहरु छनौट गर्न अनलाईन मार्फत विश्वब्यापी आवेदन माग गरिएको थियो भने नेपालका कलेजहरुमा विभिन्न माध्यममार्फत सुचना सम्प्रेशण गरिएको थियो । विभिन्न मापन विधिमार्फत १२० जना सहभागिहरुको छनौट गरिएको पाठशालामा काठमाण्डौं उपत्यका भन्दा बाहिरका सहभागिहरुका लागि आवासिय ब्यवस्था गरिएको छ । एनसेलको प्रायोजनमा काठमाडौं नयाँ बजार, खुशीबँुमा रहेको प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला यही डिसेम्वर २० तारिख देखि ११ दिनसम्म सञ्चालन हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको