Like us!
Follow us!
Connect us!
Watch us!

कतारमा ज्यान गुमाएका परिवारलाई १४ लाख बीमा रकम

आइतबार, ०८ पुस २०७५, ०८ : ४७ मा प्रकाशित

कतारमा ज्यान गुमाएका परिवारलाई १४ लाख बीमा रकम

अर्थ संसार, खोटाङ– वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ ।

गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध गराएको हो ।

इन्स्योरेन्स कम्पनीमा बीमा गरेको पाँच महीना नपुग्दै ज्यान गुमाएका सार्कीकी श्रीमती रामकुमारी सार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको कम्पनीका दिक्तेल शाखा प्रमुख नारायण रिजालले बताउनुभयो । दिक्तेलस्थित त्रिवेणीचोकमा रहेको शाखा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले मृतकका श्रीमतीलाई चेक हस्तान्तरण गर्नुभयो ।

सार्कीलाई कम्पनीले क्षतिपूर्तिवापत रु ८० हजार उपलब्ध गराउने जानकारी दिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विगत १८ वर्षदेखि कतारलगायत विभिन्न देशमा कार्यरत सार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कम्पनीले जनाएको छ ।

उनका एक श्रीमती तथा दुई छोरा र तीन छोरी छन् । धन कमाउन विदेश गएका अभिभावकको विदेशमै ज्यान गएपछि परिवार शोकमा डुबेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको