Like us!
Follow us!
Connect us!
Watch us!

करको दायरा वृद्धि गरिएको छ : अर्थमन्त्री

शनिबार, ०७ पुस २०७५, १३ : २४ मा प्रकाशित

करको दायरा वृद्धि गरिएको छ : अर्थमन्त्री

अर्थ संसार, राँझा–अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताउनुभएको छ ।

आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गर्नुभयो ।

“करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन व्यवसायीलाई करको दायरामा ल्याउने हो ।”, अर्थमन्त्री खतिवडाले भन्नुभयो, “भौगोलिक रुपमा पनि करको दायरा बढाइँदैछ, त्यसैको उदाहरण हो सुर्खेतमा राजश्व कार्यालय स्थापना हुनु ।”

उहाँले करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयका रुपमा विकास गर्ने र भौगोलिक रुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको बताउनुभयो ।

कर लिँदा वा दिँदा निरुत्साहित वा दुरुत्साहित भएको खण्डमा गुनासो सुन्ने निकायमा सम्पर्क गर्न अनुरोध गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “कानून, विधि र नियमसङ्गत काम गर्नुहोला, राजनीतिक दबाब आए मलाई भन्नुस्, पछि तपाई उन्मुक्ति पाउनुहुन्न ।”

उहाँले सङ्क्रमणकालमा केही महीना द्विविधा भए पनि आगामी दिनमा सबै कुरा सहज हुने बताउँदै करको दायरा बढाउन र बक्यौता उठाउनतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गर्नुभयो ।

विगतमा खुम्चिएको राजश्व सङ्कलनको दायरा बढाउन छोटी भन्सारलाई सक्रिय बनाउँदै व्यवस्थित गर्ने र नयाँ नाकामा छोटी भन्सार स्थापना गर्नेतर्फ पनि आफूले ध्यान दिएको उहाँको भनाइ छ ।
सो अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको चारतले भवन रु चार करोड ४५ लाखमा निर्माण भएको आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी गराउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको