Like us!
Follow us!
Connect us!
Watch us!

बिग ब्यासमा डेब्युमै सन्दीपलाई दुई विकेट

शुक्रबार, ०६ पुस २०७५, १५ : २५ मा प्रकाशित

बिग ब्यासमा डेब्युमै सन्दीपलाई दुई विकेट

अर्थ संसार, काठमाडौं – नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगको डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डरविरुद्ध दुई विकेट लिए ।

सन्दीपले सिड्नीविरुद्ध आठौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका थिए । उनले दोस्रो बलमा नै विपक्षी कप्तान सेन वाटसनलाई लङ अन बाउन्ड्री नजिक क्याच आउट गराए । उनले त्यसको दुई बलमा नै क्यलम फर्गासनलाई आफैं क्याच गर्दै दोस्रो विकेट हात पारे । उनले पहिलो ओभरमा ३ रनमात्र खर्चे ।

दोस्रो ओभरमा सन्दीपले ६ रन खर्चे । तेस्रो ओभरको अन्तिम बलमा जेसन संघाले छक्का प्रहार गरेपछि सन्दीपले त्यस ओभरमा १३ रन दिए । चौथो ओभरको पहिलो बलमा पनि संघाले सन्दीपको बलमा छक्का प्रहार गरे । संघाले तेस्रो बलमा गरेको प्रहर टप एज लाग्दै छक्का भयो । उनले त्यस ओभरमा १४ रन दिए ।

सन्दीपले ४ ओभरमा २ विकेट लिंदै ३६ रन खर्चिए । सन्दीपले १४ ओभर हुँदा नै आफ्नो ४ ओभरको कोटा पुरा गरे । थन्डरले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन जोडेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको