Like us!
Follow us!
Connect us!
Watch us!

दाना सवस्टेशन निर्माण तिब्र गतिमा

विहीबार, २८ पुस २०७३, १४ : २८ मा प्रकाशित

दाना सवस्टेशन निर्माण तिब्र गतिमा

अर्थ संसार
 म्याग्दी– नेपाल विद्युत प्राधिकारणले २२० केभी क्षमताको कालिगण्डकी प्रशारण करिडोर आयोजनाको निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएको छ । प्रशारण लाइन अन्तर्गत  म्याग्दीको दानामा सवस्टेशन निर्माण सुरु गरिएको छ । साथै आयोजनाले प्रशारण लाइनको टावर राख्ने ठाउँका लागि सर्वेक्षण गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएको छ  ।
 
 म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत केन्द्रिय प्रशारण लाईनमा जोड्ने उद्देश्यले सबस्टेशन निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ । सबस्टेशन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालीत भएर प्रारम्भिक चरणको काम सुरु गरेको आयोजना प्रमुख चन्दनकुमार गोषले बताए ।  
 
सबस्टेशनले दानामा स्थानीयबासीको एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप पचास रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । आयोजना र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट एण्ड चिन्ट ईलेक्ट्रिक जेभीले दाना र पर्वतको खुर्कोटमा सबस्टेशन तथा ४० किलोमिटर दुरीको प्रशारण लाईन निर्माणका लागि ३० मे २०१६ मा दुई अर्ब ९० करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
 
खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण गरेर सबस्टेशन बनाउनका लागि पूर्वाधार तयार पार्ने काम भैरहेको छ । बि.स २०७५ को साउनमा सबस्टेशन र प्रशारण लाईन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख घोषले बताउनुभयो । आयोजना निर्माणमा कुनै अवरोध नआएकाले निर्धारित समयमै सम्पन्न हुने विश्वास उनले व्यक्त गरे ।
 
प्रशारण लाईनको टावर राख्ने ठाउँको लागि सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । दाना देखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाईनको क्षमता एक हजार दुई सय मेघावाट रहेको छ । आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रिय प्रशारण लाईनमा जोडिने छन् ।

१० मेघावाट क्षमताको थापाखोला, पाँच मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधिन अवस्थामा छन भने ४० मेघावाटको राहुघाट लगायत दर्जनौ आयोजना निर्माणको चरणमा छन् । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १ सय ४२ किलोमिटर प्रशारण लाईन निर्माण गर्ने लक्ष्य अनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भैरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको