Like us!
Follow us!
Connect us!
Watch us!

दम्पती कोठामा मृत फेला

बुधबार, ०४ पुस २०७५, १७ : ५२ मा प्रकाशित

दम्पती कोठामा मृत फेला

अर्थ संसार, काठमाडौँ–काठमाडौंको दक्षिणकालीमा आज एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकरी दिनुभयो ।

उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो । छोरा छोरीको पहिचान भने खुलेको छैन ।

ब्रोइलर कुखुराको चल्लालाई तापक्रम दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीका कारण निसास्सिएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको