Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको नाफा १३ करोड

मंगलबार, ०३ पुस २०७५, ०८ : ४३ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको नाफा  १३ करोड

अर्थ संसार, धादिङबेँसी – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले रु १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ ।

नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल रु दुई अर्ब ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त वित्तीय संस्था २०७१ असारदेखि सञ्चालनमा आएको हो ।

धादिङबेँसीमा भएको साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले पारित गरेपछि संस्थाको चुक्ता पूँजी रु १२ करोड तीन लाख ५६ हजारबाट वृद्धि भई रु १५ करोड चार लाख ४५ हजार पुगेको आचार्यले बताउनुभयो । वित्तीय संस्थाले चार वर्षमा ३७ जिल्लामा ५० शाखामार्फत सेवा दिइरहेको छ । धादिङमा नीलकण्ठ नगरपालिकाको धादिङबेँशी र गोगनपानीमा शाखा छ ।

संस्थाले रु नौ अर्ब ८६ करोड छ लाख कर्जा वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिनुभयो । संस्थाले विपन्न परिवारलाई कुखुरापालन, तरकारीखेती, बाख्रापालन, बङ्गुरपालन, साना व्यवसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आएको छ ।

शाखा रहेका ठाउँका ४६ हजारभन्दा बढी परिवारलाई आयआर्जनका हेतुले विभिन्न परियोजना सञ्चालनसमेत गरिएको छ । साधारणसभाले रवीन सिजापती, बरुण श्रेष्ठ, राजीव गिरी र केशवप्रसाद आचार्यलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको