Like us!
Follow us!
Connect us!
Watch us!

गोलाप्रथाबाट चैतारी लद्युवित्तको IPO आज बाँडफाँड हुँदै, २ लाखबढीको हात रित्तै

शुक्रबार, २८ मंसिर २०७५, ०४ : ०० मा प्रकाशित

गोलाप्रथाबाट चैतारी लद्युवित्तको IPO आज बाँडफाँड हुँदै, २ लाखबढीको हात रित्तै

अर्थ संसार, काठमाडौं– चैतारी लघुवित्तले निश्कासन गरेको साधारण शेयर ९आइपिओ० शुक्रबार (आज)  बाँडफाँड  हुदैछ ।

कम्पनीले यही मंसिर १९ गतेदेखि मंसिर १९ गतेदेखि कर्मचारीको लागि ९ हजार ३ सय कित्ता, सामूहिक लगानी कोषलाइ ३० हजार कित्ता र सर्वसाधारणको लागि ५ लाख ६० हजार ७ सय कित्ता गरी जम्मा ६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको अनुसार यस कम्पनीको साधारण शेयरमा  २ लाख ७३ हजार ५०० आवेदनबाट १ अर्ब ७१ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर माग भएको छ । यो माग भन्दा  ३०.५० गुणा बढी आवेदन हो ।

कसरी हुन्छ बाँडफाँड ?

माग भन्दा ३०.५० गुणा बढी आवेदन परेपछि भाग्य हुनेले मात्र शेयर पाउनेछन् । गोलाप्रथा विधिबाट शेयर बाँडफाँड हुने विक्री प्रबन्धकले जनाएको छ । यसरी बाँडफाँड हुँदा ५६ हजार ७० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले शेयर पाउनेछैनन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको