Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ७.६ अंकले बढ्दा ३२ करोडको कारोबार

विहीबार, २७ मंसिर २०७५, १७ : ०५ मा प्रकाशित

शेयर बजार ७.६ अंकले बढ्दा ३२ करोडको कारोबार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर २४४ दशमलव ७० बिन्दुमा पुगेको छ ।

स्टकक अनुसार आज कूल १५४ कम्पनीको नौ लाख ९७ हजार ६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल एक दशमलव ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह दुई दशमलव ५७ बिन्दुले घटेको छ ।

बैंकिङ आठ दशमलव ५५, विकास बैंक आठ दशमलव ८७, जलविद्युत् आठ दशमलव आठ, निर्जीवन बीमा ६५ दशमलव ७८, उत्पादन पाँच दशमलव ३८, लघुवित्त ११ दशमलव ६१ र जीवन बीमा ३० दशमलव २७ बिन्दुले बढेको छ । साताको कारोवार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका शेयरधनीले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको