Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य गिरावट, यस्ता छन् कमाउने र गुमाउने कम्पनीहरु

बुधबार, २७ पुस २०७३, १६ : ०९ मा प्रकाशित

नेप्सेमा सामान्य गिरावट, यस्ता छन् कमाउने र गुमाउने कम्पनीहरु


अर्थ संसार 
काठमाडौं– लगातार दुई दिन सोमबार र मंगलबार बढेको सेयर बजार बुधबार भने सामान्य अंकले घटेको छ । यस दिन ०.३९ अंकले घटेको छ ।  १२० कम्पनीको ४लाख ५६ हजार बित्ता सेयर ३६ करोड २५ लाख ५५ हजार रुपैयाँमा किनबेच भएको छ ।

सामान्य अंकले घटेको बजारमा बैंक २.३४ अंक, होटल ७.०७ अंक, वित्तिय ११.८ अंक र अन्य समूह २.३२ अंकले बढेका छन् । यता विकास बैंंक ९.७ अंक, हाइड्रो १२.२५ अंक र इन्सुरेन्स ५०.२३ अंकले घटेका छन् । 

यस दिन सहयोगि विकास बैंकका लगानीकर्ताहरुले आफ्नो आम्दानी ९.८८ अंकले बढाएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले यस बैंकको २२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ ।सहयोगीको औसत ३ सय ३० रुपैयाँलाई आधार मूल्य मानेर ३ सय २४ रुपैयाँ समायोजन मूल्य तोकेको हो ।

 त्यसै गरी कर्णाली डेभपलमेन्ट विसका बैंकका लगानीकर्ताहरुले आफ्नो आम्दानी ९.९७ प्रतिशतले बढाएका छन् । यता एनवि इन्सुरेन्सका लगानीकर्ताले आफ्नो आम्दानी ६.२३ प्रतिशतले गुमाएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको