Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंक र आइएमई लाइफबीच सम्झौता

विहीबार, २७ मंसिर २०७५, १० : २४ मा प्रकाशित

एनआइसी एसिया बैंक र आइएमई लाइफबीच सम्झौता

 
अर्थ संसार, काठमाडौं–  एनआइसी एसिया बैंक लिमिटेडले आइएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडसँग बैंकास्योरन्स सम्झौता गरको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरन्स कम्पनीका  प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरका थिए  ।

सम्झौताअनुसार बैंकका ग्राहकले देशभर फैलिएका २ सय ७० वटै शाखाबाट सहज रूपमा आइएमई लाइफ इन्स्योरन्स  कम्पनीको जीवनबीमा पोलिसीहरू खरिद गर्न सक्नेछन्।

बैंकले देशभरमा २ सय ७० शाखा, २ सय ८५ एटिएम, ३७ एक्स्टेन्सन काउन्टर एवं २० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ । एनआइसी एसिया बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको दाबी गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको