Like us!
Follow us!
Connect us!
Watch us!

जन्ती चढेको जिप दुर्घटना हुँदा बेहुलाका आमाबुवा सहित ६ जनाको मृत्यु

विहीबार, २७ मंसिर २०७५, १० : १३ मा प्रकाशित

जन्ती चढेको जिप दुर्घटना हुँदा बेहुलाका आमाबुवा सहित ६ जनाको मृत्यु

अर्थ संसार, दाङ– दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने  २ जना घाइते भएका छन् ।

चितवनको गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस गएराति २ बजे ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको छ । दुईजना घाइतेको कोहलपुर अस्पतालमा   उपचार भइरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवाआमा र आफन्त छन् ।

दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

एक आपसमा ठोकिएका स्कारपियो र बस

दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । दुलाहा दुलही भने अर्को स्कारपियोमा भएको हुनाले बाँच्न सफल भएका छन् । बुवाआमा र आफन्त चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको