Like us!
Follow us!
Connect us!
Watch us!

किन घटिरहेको शेयर बजार ? जानकार यसो भन्छन्

बुधबार, २६ मंसिर २०७५, १८ : ३० मा प्रकाशित

किन घटिरहेको शेयर बजार ? जानकार यसो भन्छन्

अर्थ संसार, काठमाडौ–  विभिन्न राजनीतिक दलका नेताले अर्थतन्त्रको प्रमुख सूचक मध्येको एक रहेको सेयर बजार लगातार रुपमा घट्नु अर्थतन्त्रका लागि नकारात्मक रहेको बताउनुभएको छ ।

मिडिया इन्टरनेशनलद्वारा आज यहाँ आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सेयर बजार पछिल्ला नौ महीनासम्म निरन्तर ३०० अङ्कले घट्नु राम्रो सङ्केत नभएको बताउनुभयो ।

उहाँले जनशक्ति अभाव, सुशासन अभाव, फजुल खर्च प्रवृत्ति, जिम्मेवारी र रकमको बाँडफाँडमा समस्या, धेरै राजनीतिक पदलगायतका कारण मुलुकमा आशाभन्दा पनि निरासा बढी देखिएको उल्लेख गर्नुभयो ।

अर्थविद्ध डा चन्द्रमणी अधिकारीले राजनीतिक रुपमा एकले अर्कालाई आरोप–प्रत्यारोप लागाउनुको सट्टा उपभोगसँगै उत्पादनको पनि अन्तर्रा्ष्ट्रियीकरण गर्नुपर्नेमा जोड दिनुभयो । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ९० प्रतिशत नपुर्याएसम्म निजीकरण नहुने उहाँको भनाइ छ ।

सेयर बजार विज्ञ डा गोपाल भट्टले बैंकिङ क्षेत्र एवं पूँजी बजारमा देखिएको समस्या समाधानका लागि नितीगत रुपमै सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, बैंकिङ क्षेत्रमा तरलता छ भने सुरक्षित क्षेत्र हेरेर लगानी गर्न पाउने नीति तयार गरिनुपर्छ ।

चेम्बर अफ कमर्श, प्रदेश नं ५ का अध्यक्ष भीमलाल पौडेलले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण दिनुपर्ने माग गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको