Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकले शेयरधनीलाई ८.५०% नगद लाभांश दिने

मंगलबार, २५ मंसिर २०७५, १२ : ०९ मा प्रकाशित

जनता बैंकले शेयरधनीलाई ८.५०% नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिटिमेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकका अनुसार रु आठ अर्ब सात लाख ८५ हजार ९२५ चुक्तापूँजीको आठ दशमलव ५० प्रतिशत बराबरको रु ६८ करोड ६० लाख ६६ हजार ८०३ बराबर नगद लाभांश वितरण गर्न लागिएको हो । बैंकले गत वर्ष १४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

पुर्वमा मेचीदेखी पश्चिम महाकालीसम्मको शहरी, अर्ध शहरी एवम् ग्रामिण क्षेत्रहरुको १२८ वटा शाखाहरुबाट बैकिंग सेवा पुर्याई रहेको र चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा सहित १५ वटा शाखाथप सञ्चालनमा ल्याईने योजना रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा करिव रु. ३२ करोड (एनएफ आरएस लेखामान अनुुसार) मुनाफा गर्न सफल रहेको बैंकको करिव ६ लाख भन्दा बढी ग्राहक र मिती २०७५ मंसिर २३ गते निक्षेप करिब ६७अर्ब र कर्जा लगानी ६२ अर्ब रहेको छ ।

5c0f5a76a26f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको