Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकमा एकैपटक १२३ जनालाई रोजगारीको अवसर

बुधबार, २७ पुस २०७३, १४ : १६ मा प्रकाशित

मेगा बैंकमा एकैपटक १२३ जनालाई रोजगारीको अवसर

अर्थसंसार

काठमाडौँ –देशको विभिन्न २८ ठाउँमा शाखा रहेको मेगा बैंकले एकैपटक १ सय २३ जना कर्मचारी माग गरेको छ ।  बैंकले व्यवस्थापकीय तहमा ६ जनाको लागि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि १४ वर्षको अनुभवसहित मास्टर्स गरेको हुनुपर्नेछ । 

यस्तै बैँकले ६ वर्षको अनुभवसहित व्यवस्थापन, व्यापार अध्ययन, व्यापार व्यवस्थापन, अर्थलगायतका संकायमा स्नातक वा मास्टर्स गरेको ४० जनाको लागि अधिकृत तहमा दरखास्त खुल्ला गरेको छ ।  

यस्तैगरी बैंकले सहायक तहमा ७७ जना कर्मचारीको माग गरेको छ । उक्त पदका लागि ३ वर्षको अनुभवसहित व्यवस्थापन, व्यापार अध्ययन, व्यापार व्यवस्थापन, अर्थ, लगाएतका संकायमा स्नातक वा मास्टर्स गरेको  हुनुपर्नेछ । 

व्यवस्थापनका लागि ४५ वर्ष, अधिकृतका लागि ३५ वर्ष र सहायकका लागि ३० वर्ष उमेर ननाघेको उम्मेदवारले निवेदन दिन सक्ने जानकारी बैंकले दिएको छ । ईच्छुक व्यक्तिले माघ १२ गतेसम्म दरखास्त दिन सक्नेछन् । ईच्छुक र योग्यता पुगेका व्यक्तिले http://megabanknepal.com/jobs  मा लग इन गरेर निवेदन दिन सक्नेछन् । 

5875ef596e677.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको