Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन

सोमबार, २४ मंसिर २०७५, १२ : ५८ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेञ्जमा मंगलबार २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था र तिनाउ विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

सूर्योदय लघुवित्तले ४२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेसँगै प्रतिकित्ता एक हजार एक रुपैयाँमा शेयर मूल्य समायोजन गरेको हो । सो कम्पनीको औसत आधारमूल्य ८७९ रहेको छ ।

त्यस्तै तिनाउ विकास बैंकको १२ प्रतिशत लाभांश शेयरपश्चात् प्रतिकित्ता रु १५७ शेयर मूल्य रहने गरी समायोजन गरिएको छ । सो बैंकको औसत आधारमूल्य  २३४ रहेको छ ।

5c0e14a740224.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको