Like us!
Follow us!
Connect us!
Watch us!

प्रेस काउन्सिल नेपालको ‘जनकपुर घोषणापत्र’

आइतबार, २३ मंसिर २०७५, १५ : ४६ मा प्रकाशित

प्रेस काउन्सिल नेपालको ‘जनकपुर घोषणापत्र’


अर्थ संसार, धनुषा– धनुषा जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक नगरी जनकपुरमा यही मंसिर २०, २१ र २२ गते सम्पन्न प्रेस काउन्सिल नेपालको पूर्ण बोर्ड बैठकले निम्नलिखित विभिन्न निर्णयसहित ‘जनकपुर घोषणापत्र’ जारी गरेको छ :       

१. प्रेस काउन्सिल नेपालमा प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हनन्का घटनाको अनुगमन गरिनेछ । यसका लागि उपसमिति र कार्यविधि बनाइनेछ ।

२. पत्रकार आचारसंहिता उजुरी सुनुवाइ र कारवाहीसम्बन्धी कार्यनीति पारित गरिएको छ ।

३. श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण गरिने छैन र

सरकारबाट उपलब्ध हुने सेवा–सुविधा नदिन सम्बन्धित निकायलाई सिफारिस गरिनेछ ।  

४. सर्वाेच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि आवश्यक पहल गरिनेछ ।

५ वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य वीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गरिनेछ । प्रेस काउन्सिल नेपालले पत्रकारलाई प्रदान गर्ने उपचार खर्च दोब्बर बनाइनेछ ।   

६. ऐतिहासिक भूमि जनकपुरको पवित्र धार्मिक, पर्यटकीय एवं साँस्कृतिक विकास, प्रवद्र्धन र संरक्षणका लागि कलम चलाउन सम्पूर्ण आमसञ्चारमाध्यमलाई आग्रह गर्दछ । विकास, प्रवद्र्धन र संरक्षणमा गम्भीर बन्न नेपाल सरकारसहित सरोकारवाला सबैमा आव्हान गर्दछ । साथै, यसका निम्ति आफ्नो तर्फबाट सक्दो योगदान दिन प्रेस काउन्सिल नेपाल प्रतिवद्धता व्यक्त गर्दछ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको