Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको १००% हकप्रद शेयर आजदेखि खुल्ला

आइतबार, २३ मंसिर २०७५, ०८ : ५३ मा प्रकाशित

नाडेप लघुवित्तको  १००%  हकप्रद शेयर आजदेखि खुल्ला

अर्थ संसार, काठमाडौं–  नाडेप लघुवित्त वित्तीय संस्थाको  १ः१ को अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर आजदेखि खुल्ला भएको छ ।

कम्पनीले बिक्री खुल्ला गरिएको  १ः१ अनुपातमा १६ लाख कित्ता शेयर मंसिर ६ गतेसम्मका लगानीकर्ताले  पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

 कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं तथा नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

 यता, गत वर्षको कमाईबाट ३० प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरेको छ । कम्पनीले हाल कायम १६ करोड रुपैयाँ चुक्ता पुँजीबाट ३० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

बोनस सेयरमा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ खर्च गर्दैछ । यस्तै, बोनसमा लाग्ने कर तिर्न २५ लाख २६ हजार ३१५.७९ रुपैयाँ नगद लाभांश पनि दिने नाडेपले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको