Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली कांग्रेसको सचिव सहित ५० जना भन्दा बढी नेकपामा प्रवेश

विहीबार, २० मंसिर २०७५, १५ : २८ मा प्रकाशित

नेपाली कांग्रेसको सचिव सहित ५० जना भन्दा बढी नेकपामा प्रवेश

अर्थ संसार, काठमाडौंं– नेपाल क्म्युनिष्ट पार्टी हरिहरपुरगढि गाउँ पालिका सिन्धुलिको आयोजनामा बिहीबार  भएको पार्टी प्रवेश कार्यक्रम नेपाली कांग्रेसका गाउँ पालिका सचिव सहित ५० जना भन्दा बढी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिबाट जनकपुर व्युरो सदस्य हरिकृष्ण घिमिरे, क्रान्तिकारि पत्रकार सङगठन नेपाल सिन्धुलिका संयोजक एस पि गौरव   सहित नेपाली कांग्रेसका हरिहरपुरगढि गाउँ पालिका सचिव  टेकबहादुर बम्जन सहित करिब ५० जना नेपाल कम्युनिष्ट पार्टिमा प्रवेश गरेका हुन् ।

मान बहादुर वाइवाको अध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य कमलजङ्ग राइको प्रमुख आतिथ्यता र प्रदेश सांसद राजन दाहाल, प्रदिप कटुवाल विनोद खड्का लगायतको आतिथ्यता भएको कार्यक्रममा सयौं नेता कार्यकर्ताको सहभागितामा रहेको थियो ।

5c08f2b990495.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको