Like us!
Follow us!
Connect us!
Watch us!

नेपालका विद्यालयमा धमाधम चिनियाँ भाषा पढाइदै

विहीबार, २० मंसिर २०७५, १२ : २४ मा प्रकाशित

नेपालका विद्यालयमा धमाधम चिनियाँ भाषा पढाइदै

अर्थ संसार, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताउनुभएको छ ।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आयोजना गरेको ‘चीनमा पढेका विद्यार्थीको पाँचौँ जमघट’ कार्यक्रममा उहाँले नेपालका विद्यार्थीले चीनमा पढेर नेपाल–चीनबीचको सम्बन्धलाई झन् नजीक बनाएको बताउनुभयो ।

उहाँले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएकोले उक्त नारा पूरा गर्न चीनमा पढेर स्वदेश फर्केका नेपालीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

अबका २५ वर्ष पछाडिको नेपालमा चाहिने शिक्षाअनुसारको नीति बनाउन मन्त्रालय लागिरहेको उहाँको भनाइ थियो । भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणमा चीन सरकारले सहयोग पु¥याएको भन्दै मन्त्री पोखरेलले चीन सरकारलाई धन्यवादसमेत दिनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले भेलाले नेपाल र चीनका विद्यार्थीबीच सम्बन्ध थप नजीक बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता भेला गर्न सुझावसमेत दिनुभयो ।

नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुको चीन भ्रमणले पनि नेपाल–चीन सम्बन्ध झन् नजीक बन्दै गएको उहाँको भनाइ थियो । भेलामा नेपालबाट चीन गएर विभिन्न विषय अध्ययन गरेका विद्यार्थीले आफ्नो पढाइको अनुभवबारे प्रस्तुति दिनुभएको थियो । नेपालबाट हाल झण्डै सात हजारको हाराहारीमा विद्यार्थी चीनमा अध्ययन गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको