Like us!
Follow us!
Connect us!
Watch us!

रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने

बुधबार, १९ मंसिर २०७५, १७ : ३७ मा प्रकाशित

रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने

अर्थ संसार, काठमाडौं–मानव सेवा र सामाजिक क्षेत्रमा एक संचेत नागिरक उत्पादन गर्ने उदेश्यका साथरोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

रोटरीक्लब अफ बागमती काठमाडौ र साउथवेस्टन स्टेट कलेज बसुन्धराको संयुक्त आयोजनामा यहि मंसिर २४ गते सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो । बसुन्धरा स्थित साउथवेस्टन स्टेट कलेजको प्राङ्णमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको क्यापस प्रमुख डा. राजेन्द्र के.सीले जानकारी दिए ।

वक्तृत्वकलाको बिषय रोटरीको चार शुत्रिय मार्गहरु राखिएको छ । जसमा विद्यालय तथा कलेजका एक जना छात्र र एक जना छात्रा गरी दुई जनाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

वक्तृत्वकलामा प्रथमहुनेले १५ हजार, द्धितृय हुनेले १० हजार, तृतिय हुनेले ५ हजार तथा सान्तवना पुरस्कार चार जनालाई एक हजार रुपैयाँका साथै मेडल तथा प्रशंसा पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको