Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति ?

मंगलबार, १८ मंसिर २०७५, ०९ : ०१ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति ?

अर्थ संसार, काठमाडौँ  नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ खरीद गर्न सकिनेछ ।

यसअघि पेट्रोल रु ११४ तथा डिजेल र मट्टितेल प्रति लिटर रु १०१ मा खरीद बिक्री हुँदै आएको थियो । हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विसं २०७१ देखि लागू हुँदै आएको स्वतः स्वचालित मूल्य संरचनाअनुसार भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीअनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको