Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंककोे एकै दिन ४ नयाँ शाखा संचालनमा

सोमबार, १७ मंसिर २०७५, १५ : ५६ मा प्रकाशित

ज्योति विकास बैंककोे एकै दिन ४ नयाँ शाखा संचालनमा

अर्थ संसार, काठमाडौं– ज्याति विकास बैंकले एकै दिन ४ नयाँ शाख संचालनमा ल्याएको छ । सोमबार  बैकले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो ।

नयाँ शाखा क–कसले उद्घाटन गरे ?

सिद्धार्थनगर नगरपालिका वडा नं ८, भैरहवामा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा  एक कार्यक्रमकाबिच  सोमबार संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

त्यसैगरि ओमसतिया गाउँपालिका वडा नं १, पडसरीमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी  ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइराला र सियारी गाउँपालिका वडा नं ७, अमवामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारी द्धारा आजैका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो । त्यसैगरी वाणगङ्गा नगरपालिका वडा नं ४ जीतपुर, कपिलवस्तुमा पनि आजैकै दिनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन वाणगङ्गा नगरपालिकाका मेयर मंगल प्रसाद थारु तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्का द्धारा गर्नुभयो ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको