Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

सोमबार, १७ मंसिर २०७५, १० : ४८ मा प्रकाशित

ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

अर्थ संसार, नवलपुर– ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  ग्रामिण क्षेत्रको जनसमुदायमा बैंकको पहुँच पुर्याउने हेतुले कावासोती नगरपालिका वडा नं ८, कावासोती, नवलपुरमा रहेको नयाँ शाखा औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखा एक कार्यक्रम विच प्रमुख अथिति कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा आइतबार संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाई प्राप्ती गरी एककृत कारोवार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेकोछ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको