Like us!
Follow us!
Connect us!
Watch us!
विशेष अदालतमा मुद्दा, बाबु, श्रीमती, भाइ, कर्मचारीसमेतलाई बनाइयो प्रतिवादी

पूर्वमन्त्री सञ्जय साहले ३१ करोड भ्रस्टाचार गरेको अख्तियारको ठहर

मंगलबार, २६ पुस २०७३, ११ : २८ मा प्रकाशित

पूर्वमन्त्री सञ्जय साहले ३१ करोड भ्रस्टाचार गरेको अख्तियारको ठहर

अर्थ संसार

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलंबित सभासद् सञ्जयकुमार साहविरुद्ध ३१ करोड ५० लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा चलाएको छ ।  पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत रहेका साहले सार्वजनिक पद धारण गरेदेखि आफ्नो पद तथा अधिकारको दुरुपयोग गरि गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ ।

उनले पदीय हैसीयत अमिल्दो उच्च जीवनस्तर यापन गरेकोभन्दै उनको सम्पत्ति उपर छानबिनको उजुरी परेको थियो । ‘साहले सार्वजनिक पद धारण गरेको अवधिमा आफ्नो तथा परिवारका सदस्यहरुका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्महरुका कारोवार, ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरुका नामबाट भएका आर्थिक कारोवार तथा परिवारका सदस्यलगायतका नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं बिश्लेषण गरी हेर्दा निजले आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रुपमा वदनियतपूर्ण तवरले आर्जन गरेको पाइएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले भ्रष्टाचार गरेको रकम विगो तोक्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत माग गरेर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । उनले गैरकानूनी आर्जन गरेको रकमबाट जोडेको तथा बढे बढाएको चलअचल सम्पत्तिसमेत जफत गर्न अख्तियारले विशेष अदालतसमक्ष माग दावी गरेो छ । 

साहले बाबु साधु साह सुडी, आमा दुलारीदेवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साह, उनको कम्पनी तथा व्यवसायिक फर्मका कर्मचारीहरु राममिलन राउत कुर्मी र मनोजकुमार सिंहको श्रीमती निलम सिंहसमेतको नाममा आफूले गैरकानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरु बदनियत साथ राखेको तथा लुकाएको प्रमाणहरुबाट देखिन आएको भन्दै अख्तियारले उनीहरुको नाममा राखेका स्रोत नखुलेका चलअचल सम्पत्तिसमेत जफत गर्न माग गरेको छ । अख्तियारले साधु, दुलारीदेवी, रंगिला देवी, रामकुमार, राम मिलन र निलमसमेतलाई प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको छ ।

संजयका भाइ रामकुमारको नाममा रहेको मिथिला मनि ट्रान्सफरले एक शाखाबाट आर्को शाखामा रकम पठाउँदा र झिक्दा बैकिंङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको देखिएको, त्यसको अभिलेख डे बुकमा मात्र राख्ने गरेको र हुण्डी समेतको कारोवार गरेको भनी निजहरुले अनुसन्धानको क्रममा गरेको वयानबाट खुल्न आएको अख्तियारले दावी गरेको छ ।

संजयका बाबु साधुको नाममा रहेको मिथिला आयल स्टोर्सले राजश्व छलि गरेको अनुसन्धानबाट देखिएको पनि अख्तियारको दावी छ । अख्तियारले मिथिला मनि ट्रान्सफरलाई कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई र मिथिला आयल स्टोर्सलाई कारबाही गर्न राजश्व अनुसन्धान विभागलाई लेखी पठाईएको जनाएको छ ।

यो पनि पढ्नु भयो ? 

सिन्धुलीमा पहिलो पटक सामुदायिक होमस्टे

सरकारले जलाशययुक्त आयोजनाको पिपिए साँडे १२ रुपैयाँसम्ममा गर्ने

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको