Like us!
Follow us!
Connect us!
Watch us!

तपाईं सरकारले बनाउने विद्युत आयोजनामा लगानी गर्ने हो ? यो फर्म भर्नुस्

सोमबार, २५ पुस २०७३, १७ : ०६ मा प्रकाशित

तपाईं सरकारले बनाउने विद्युत आयोजनामा लगानी गर्ने हो ? यो फर्म भर्नुस्

अर्थ संसार

काठमाडौं–तपाईं सरकारले बनाृउनले जलविद्युत आयोजनामा लगानी गर्न चाहनुहुन्छ ? सरकारले सर्बसाधारण नेपालीको लगनी गर्ने चाहना बुझ्न खोजेको छ । उसले जनतालाई लगानी गर्ने प्रतिबद्धता जनाउन वेवसाइट सार्बजनिक गरेको छ । 

ऊर्जामन्त्री जनार्दन शर्माले सोमबार वेबसाइट साबैजनिक गरे । उनले सरकारले बनाउने विभिन्न विद्युत आयोजनाको शेयर जनताको हातहातमा पुर्‍याउने दावी गरे । सरकारले माथिल्लो अरुण, दुधकोशी, तमोर र सुनकोशी–३ लगायतका आयोजना बनाउन लागेको बताउँदै मन्त्री शर्माले ती आयोजनामा सर्बसाधारणले लगानी गर्न सक्ने बताए । 

उनले ती आयोजनामा गैरआवासीय नेपाली, कर्मचारी र वैदेशिक रोजगारीमा रहेका नेपालीले लगानी गर्न सक्ने ब्यवस्था मिलाउने मन्त्री शर्माले बताए । विद्युत आयोजनामा लगानी गर्न चाहनेका लागि ऊर्जा मन्त्रालयले  आफ्नो वेबसाइटमा नयाँ पेजको ब्यवस्था गरेको छ । लगानी गर्न चाहनेले पेजमा लगइन गरेर नयाँ इकाउन्ट बनाउनुपर्छ । 

त्यसमा आफ्नो इमेल राखेर पासवर्ड राखेपछि इमेलमा नोटिफिकेसन आउँछ । नोटिफिकेसन क्लिक गरेर एकाउन्ट एक्टिभ गरेपछि शेयर लगानी फारम भर्न सकिने छ । 

उर्जा मन्त्रालयले बनाएको यस साइटको पहिलो पेजमा ब्यक्तिले आफ्नो व्यक्तिगत विवरणहरु भर्नु पर्नेछ । त्यसपछि अर्को पेजमा आफू कुन प्रकारको लगानीकर्ता  हो भनेर छान्ने ब्यवस्था छ । प्रकारमा गैरआवासीय, आम नागरिक, कर्मचारी र वैदेशिक रोजगारीमा रहेका गरी ४ प्रकारका विकल्प छन् । 

त्यसपछि इच्छाएका व्यक्तिको विवरण भर्ने ब्यस्था छ । अर्को पेजमा कति लगानी गर्ने भनेर उल्लेख गर्नु पर्छ । मन्त्रालयले सर्भे गर्न लागेको मात्रै हो । कसैले यति लगानी गर्छु भन्नासाथ रकम जम्मा गरिहाल्नु भने पर्दैन । 

फर्म भर्न यहाँ क्लिक गर्नुहोस् ।

यी विषय पढ्न छुटाउनु भयो कि ? 

के हो केन्द्रीय निक्षेप प्रणाली ?

अलटिमेट हाई टेकले माग्यो ३६ जना कर्मचारी

होङ्सी शिवम् सिमेन्टमा कर्मचारीको आवश्यकता

स्वाबलम्बनमा दुई नयाँ संचालक नियुक्त

सूचिकृत कम्पनीलाई बर्गिकरण गर्न नेप्सेले माग्यो विवरण

बाल्यकालमै दुवै गोडा गुमाएर जीउनु पर्दा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको