Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, तलब २ लाख ५० हजार

आइतबार, ०९ मंसिर २०७५, ११ : ३५ मा प्रकाशित

कृषि विकास बैंकले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, तलब २ लाख ५० हजार

अर्थ संसार, काठमाडौं–कृषि विकास बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने भएको छ । हालका प्रमुख कार्यकारी अधिकृत लीलप्रकाश सिटौलाको समयावधि सकिनै लागेपछि खुल्ला प्रतिस्पर्धाद्वारा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि सार्वजनिक आह्वान गरेको छ ।

सिटौलाको समयावधि आगामी पुसमा सकिँदैछ । बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्ति सम्बन्धि कार्यविधि २०७५ लाई समेत आधार मानी सोही अनुसार न्यूनतम योग्यता भएका व्यक्तिहरुलाई आवेदन दिन सक्ने जनाएको छ ।

आवेदकले व्यवस्थापन, अर्थशास्त्र, गणित वा सो सरहका विषयहरुमा कम्तीमा स्नातकोत्तर उर्तीण गरी बैंक तथा वित्तीय संस्था, सरकारी संस्था वा अन्य संगठित संस्थाको व्यवस्थापनमा रहेर कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रमुख कार्यकारी अधिकृतका उम्मेदवारहरुले आफू नियुक्त भए आफ्नो कार्यकालभरि गरिने कामहरुबारेको व्यवसायिक योजना तयार गरी मूल्याङ्कन समितिमा पेश गर्नुपर्नेछ ।

 नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतले मासिक औसत २ लाख ५० हजार रुपैंया बराबरको पारिश्रमिक एवं अन्य सेवा सुविधाहरु प्राप्त गर्नेछन् । सामान्यतया निजी क्षेत्रका वाणिज्य बै‌कहरुको मासिक तलव  ८ लाख देखि २० लाख रुपैयाँ सम्म हुने गरेको छ । नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ बर्षको हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको