Like us!
Follow us!
Connect us!
Watch us!

होङ्सी शिवम् सिमेन्टमा कर्मचारीको आवश्यकता

सोमबार, २५ पुस २०७३, १४ : ५४ मा प्रकाशित

होङ्सी शिवम् सिमेन्टमा कर्मचारीको आवश्यकता

 अर्थसंसार 

काठमाडौं– होङ्सी शिवम् सिमेन्टले विभिन्न शाखाका लागि १३ जना  कामदारको माग गरेको छ । कम्पनीले स्नातक गरी  साधारण ईलेक्ट्रोनिक्सको ज्ञान भएको एकजना ईलेक्ट्रिसीयनको लागि निवेदन खुल्ला गरेको छ ।

यस्तै स्नातक गरेर चिनियाँ भाषाको ज्ञान भएको २ जना अनुवादकको लागि पनि निवेदन खुल्ला गरेको छ । यस्तै गरी कम्पनीले एकजना प्रशासक, २ जना सहायक कुक, एकजना रिसेप्सनिष्ट, सेफ्टी अफिसर एक जना र इन्भेनटरी स्टाफ २ जनाको लागि पनि दरखास्त मागेको छ । 

सबै पदमा अनुभव भएका व्यक्तिहरुलाई बढि प्राथमिकता दिने जानकारी कम्पनीले गराएको छ । ईच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण मानव संसोधन तथा प्रशासन शाखाको इमेल ठेगाना  [email protected] मा पठाउन सक्नेछन् । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ ५ गतेसम्म निवेदन दिन सक्नेछन् । 

 

587354eed18b5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको