Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई नेप्सेको जवाफ - ‘शेयर बजार बढ्ने अनलाइन प्रणालीले होइन, कम्पनीको वित्तीय अवस्था र सञ्चालकको छविले हो’

विहीबार, ०६ मंसिर २०७५, १३ : ०५ मा प्रकाशित

लगानीकर्तालाई नेप्सेको जवाफ - ‘शेयर बजार बढ्ने अनलाइन प्रणालीले होइन, कम्पनीको वित्तीय अवस्था र सञ्चालकको छविले हो’

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्सेले एक साता अघि तामझामसँग भित्र्याएको पूर्ण स्वचालित अनलाइन प्रणालीमा कुनै समस्या नभएको बताएको छ ।

शेयर बजारमा अनलाइन प्रणाली लागू गरिएको शुरुवाती दिनमा केही सानातिना समस्या आएपनि अहिले पूर्णरुपमा निराकरण भएको जनाएको छ ।

शेयर बजारमा अनलाइन प्रणाली संचालमा आएको १० औं दिनसम्म आइपुग्दा कारोबार संख्या, कारोबार रकम, कारोबार भएको शेयर कित्ता लगायतमा क्रकि सुधार हुँदै आएको नेप्सेले जनाएको छ ।

नयाँ प्रणालीको २० विभाजित भागहरुमध्ये मुख्य भागहरु संचालनमा आइसकेको छ, बाँकी सहायक मागलाइ क्रमिक रुपमा एकवद्ध गर्दै प्रणालीको स्तरोन्न्ति भइरहेको र यस क्रममा उत्पन्न हुन सक्ने संभावित समस्यालाई तत्काल समाधान गर्ने गरी जनशक्ति तथा कार्यप्रक्रियाको व्यवस्थापन गरिएको नेप्सेले जारी प्रेस विज्ञप्तीमा एल्लेख छ । 

मिडिया र सामाजिक सञ्चालमा अनलाइन प्रणालीले गर्दा शेयर बजार बढेन भन्नेहरुको लागि नेप्सेले भनेको छ–‘ शेयरको मूल्यमा घटबढ तथा अनलाइन कारोबार प्रणाली नितान्त अगल विषय हुन ।शेयरको मूल्य निर्धारणमा माग र आपुर्ति सम्बन्धी बजारको नियमले काम गरेको छ । यसमा सम्बन्धीत सूचिकृत कम्पनीको वित्तीय अवस्था, नाफा\नोक्सा, भविष्यको सम्भावना, व्यवस्थापन पक्ष, संचालकहरुको छविले ठूला भूमिका हुन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको