Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लद्युवित्तको IPO मा ६०.५८ गुणाबढी आवेदन, पर्ने संभावना कति ?

विहीबार, ०६ मंसिर २०७५, ०८ : २९ मा प्रकाशित

सामुदायिक लद्युवित्तको IPO मा ६०.५८ गुणाबढी आवेदन, पर्ने संभावना कति ?

अर्थ संसार, काठमाडौं–  सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा  माग भन्दा ६०.५८ गुणा बढी आवेदन परेको छ ।

शेयर विक्री गर्ने जिम्मा पाएको  बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको अनुसार यस लद्युवित्तको साधारण शेयरमा  १ अर्ब ६५ करोड ४० लाख १९ हजार  रुपैयाँको आवेदन परेको छ । यसमा २ लाख ५४ हजार ६९३ जनाले आवेदन दिएका छन् । यसरी हेदा  यो माग भन्दा ६०.५८ गुणा धेरै आवेदन हो ।
 
संस्थाले निश्काशन गरको साधारण शेयरमध्ये जसमध्ये  (४५ प्रतिशत) १२ हजार कित्ता सेयर कर्मचारी र (५५ प्रतिशत) १५ हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

यसबाट बाँकी रहेको २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिएको गरेको थियो । कम्पनीले मंसिर २ गतेदेखि ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।  सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ ।

 पर्ने संभावना कति ?

माग भन्दा बढी आवेदन परेपछि सवै लगानीकर्ताले शेयर पाउनेछैनन् । सवैलाई तोकिएको न्युनतम कित्ता पनि दिन नसक्ने भएपछि गोलाप्रथाबाट शेयर बाँडफाँड हुने विक्री प्रबन्धक  एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको