Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन अर्थतन्त्रमा सगरमाथाको योगदान र नाममा गलफत्ती !

मंगलबार, ०४ मंसिर २०७५, १४ : ११ मा प्रकाशित

पर्यटन अर्थतन्त्रमा सगरमाथाको योगदान र नाममा गलफत्ती !

आजभन्दा लगभग ६४\६५ वर्षअघि सन् १९५३, मे २९ का दिन सन्सारकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा दुई मानवले पाइला राख्न सफल भएका थिए । ती दुई मानवमध्ये एक नेपालका तेन्जिङ नोर्गे शेर्पा थिए भने अर्का थिए, न्युजिल्याण्डका सर एडमण्डल पर्सिभल हिलारी ।

यसरी विश्व पर्वतारोहण पर्यटनको इतिहासमा सन्सारकै अग्लो (समुन्द्र सतहदेखि नाप्दा ८,८४८ मिटर अग्लो) हिम शिखर सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा मानव पाइला राखेर सन्सारभरि सगरमाथा र आफ्नो नाम फैललाउनमा यी दुई मानवको महत्वपूर्ण योगदान रहेको छ । साथसाथै उनीहरुले विश्वमा नेपालको गौरव पनि बढाएका थिए । भलै यी दुबै साहसी मानवहरु हामीमाझ छैनन् ।

हुन त त्यो बेला सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा प्रथम मानव पाइला राख्ने होडमा विश्वका एक से एक पर्वतारोहीहरुले प्रयास गरीरहेका थिए । खासगरी पश्चिमा देशका कयौं पर्वतारोहीहरुले लामो समयदेखि प्रयास गरेका थिए । यसै क्रममा बेलायती पर्वतारोहीहरुले प्रथमपटक सन् १९२१ मा सगरमाथा अर्थात् चोमोलुङ्माको शिरमा मानव पाइला  राखेरै छाढ्ने दृढताका साथ कर्णेल चाल्र्स हवार्ड बरीको नेतृत्वमा प्रथम टोली सगरमाथा अर्थात् चोमोलुङ्मातर्फ गएको थियो ।

तर उनीहरु सफल भएनन् । उल्टै उनीहरुको टोलीमा सदस्य रहेका डाक्टर एएम कल्लसले सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्ने क्रममा ज्यान गुमाउने प्रथम आरोहीको नाम दर्ज गर्न वाध्य भए । यसबीचमा पनि सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्ने अनेकौं प्रयासहरु भए । तर, कुनै देशका पर्वतथारोही टोली पनि सफल भएनन् । अन्ततः सन् १९५३, मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारीले सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा प्रथम मानव पाईला राख्न सफल भए । भनिन्छ, उनीहरुले पाएको यो सफलताले त्यो बेलाको सञ्चारमाध्यममा सन्सारभर कहिल्यै सूर्यस्त नहुने देश बेलायतकी महारानीको राज्यभिषेकले भन्दा पनि बढी स्थान पाएको थियो ।

जे होस्, आजको दिनसम्म आइपुग्दा पर्वतारोहण क्षेत्रमा लागेका विश्वका नामी पर्वतारोहीहरु लागि मात्रै नभएर सर्वसाधारणका लागि पनि सगरमाथा अर्थात् चोमोलुङ्मा नौलो नाम रहेन । न त रहस्यको विषय नै रहयो । अब त सगरमाथा अर्थात् चोमोलुङ्माको नाम नसुन्ने मान्छे पनि विश्वमा कमै होलान् ? हुन त सगरमाथाको नामको सन्दर्भमा भन्नु पर्दा सगरमाथालाई विदेशीहरुले ‘सगरमाथा’ भन्दा पनि ‘माउन्ट एभरेस्ट’ नामले बढी चिन्छन् भने नेपालका आदिवासी जनजातिहरु र चिनियाँ/तिब्बतीहरु माझ ‘चोमोलुङमा’/झोमोलुङमा’ नामले बढी चिन्छन् भन्ने वास्तविक कुरोलाई तत्कालीन श्री ५ को सरकार र, हालको नेपाल सरकार, नेपाली मिडिया, नेपालका बुद्घिजीवी लगायतले पनि स्वीकार गर्न सकेको देखिदैन ।

बरु उनीहरु अझै पनि ‘चोमोलुङमा’÷झोमोलुङमा’ भनेको त चिनियाँ भाषाको नाम होइन र ? भनी उल्टो प्रश्न गर्छन् । खासगरी आदि अनादि कालदेखि उक्त क्षेत्रमा बस्दै आएका कुलुङ, खालिङ, शेर्पालगायत नेपालका अन्य आदिवासी जनजातिले सगरमाथा भन्दा पनि ‘चोमोलुङमा’भनेरै चिन्छन् । हुन त पहिले पहिले विदेशीले सगरमाथाको बारेमा लेखेको किताबहरुमा एभरेष्टपछि सगरमाथाको सट्टा  ‘चोमोलुङमा’÷झोमोलुङमा’ नाम नै बढी प्रयोग गरेका÷लेखेका छन्  भने अहिले पनि वास्तविकता बुझेका र वास्तविक्ता स्वीकार गर्ने स्वदेशी÷विदेशी लेखहरुले सगरमाथा अर्थात् चोमोलुङ्माबारे लेख लेख्दा, किताब लेख्दा  सगरमाथा नामलाई भन्दा चोमोलुङ्मा नामलाई नै प्राथमिकता दिएर लेख्ने गरेका छन् ।

हालसालै एक लेखक तथा एक पत्रकारले एभरेस्ट भन्दा सगरमाथा वा चोमोलुङमा भनिनुपर्ने आशयको लेख तथा आवरण कथा लेखेका थिए । तर, यो पंक्तिकारले लगभग १२/१३ वर्ष कअघिदेखि (प्रकाश राई “दीनदुःखी” नामबाट लेख्दादेखि) एभरेस्ट र सगरमाथा भन्दा पनि चोमोलुङ्मा नामलाई नै पुनः स्थापित गर्नुपर्ने भनी लेख्दै आएको हो/छ ।    

जे होस्, सगरमाथा अर्थात् ‘चोमोलुङमा’/झोमोलुङमा’ नेपाल सरकार, नेपाली पर्यटन व्यवसायी, होटल सञ्चालक, पर्यटन मजदुर खासगरी क्लाईबिङ शेर्पा, आईसफल डाक्टर, सरकारी सम्पर्क अधिकृत, भान्से, भरिया, स्थानीय याक÷जोप्क्यो धनीहरु र अन्य सहयोगीहरुका लागि आर्थिक उपार्जन वा आमदानीको निक्कै राम्रो स्रोत भएको छ भन्दा फरक पर्दैन । त्यसो त सन् २०११ मा सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्न आएका विदेशी पर्वतारोहीबाट नेपाल सरकार, पर्यटन मन्त्रालयले मात्रै सगरमाथा आरोहण गरे वापत पर्वतारोहीले तिरेको सलामी रकम अर्थात् रोयल्टी वापत मात्रै १६ करोड ४४ लाख रुपैंया खुद आमदानी गरेको थियो ।

माथि उल्लेखित अन्य मजदुर÷मानिसहरुले कमाएको ज्याला रकमको अलग्गै हिसाव छँदैछ । यसरी हेर्दा सगरमाथा नेपालीहरुका लागि केवल गौरवको विषय मात्रै नभएर आर्थिक उपार्जन वा आमदानीको राम्रो स्रोत पनि भएको छ भन्दा दुई मत नहोला । तापनि सगरमाथा सम्बन्धी विषय विज्ञहरु, अभियन्ताहरु सगरमाथाको भविश्व प्रति चिन्तित छन् । खासगरी वातावरणविदहरु भन्छन्, अब सगरमाथालाई केही समय आराम गर्न दिऊँ !? खासगरी सगरमाथामाथि प्रथम मानव विजय प्राप्त गर्ने दुई मध्ये एक स्वर्गीय एडमण्ड हिलारीले यस विषयमा निक्कै जोड गरेका थिए । त्यसैले पैसालाई भन्दा पनि सगरमाथाको सुन्दरता र यसको दिगोपना अनि भविश्यलाई ध्यानमा राखेर निश्चित समयसम्म निश्चित संख्यामा मात्रै पर्वतारोहीहरुलाई सगरमाथा चढ्न अनुमति दिने हो कि ? भन्नेतर्फ सोचन भने हामीले अझै पनि ढीला गर्न हुँदैन ।

निश्चय नै हिलारीले भनेझैं पूरै प्रतिवन्ध लगाउन भने हामीले आर्थिक लगायत विभिन्न सक्दैनौं । तर पनि जसरी सन् २०१५ को वसन्त ऋृतु (स्प्रिङ सिजन) मा सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्न गएका पर्वतारोहीहरुले प्राकृतिक विपत्तिका कारण बीचैमा आरोहण त्यागेर फर्कनु परेको थियो, त्यही कारणले फेरि फेरि पनि उनीहरु त्यसरी नफर्किउन् भन्नेतर्फ भने हामीले सचेतता अपनाउन ढीला गर्नु हुँदैन । त्यस्तै सगरमाथा अर्थात् चोमोलुङ्मा चढेवापत् पर्वतारोहीहरुले तिरेको सलामी दस्तुरको पनि न्यायोचित वितरण भैरहेको देखिदैन । त्यही थोरै रकम पनि सगरमाथा अर्थात् चोमोलुङ्मा आसपासका गाविसहरु (हाल गापा) जस्तै खुम्जुङ, नाम्चे, चौंरीखर्क छेस्खाम, बुङ, गुदेल, जुभिङ, आदि गाविसहरुमा नगएर केन्द्रीय तह र, जिल्ला तहका नेताहरुको प्रभाव र निर्देशन अनुसार जताभावी वितरण हुने गरेको छ ।   

हुन त नेपाल सरकारले सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्दा लाग्ने सलामी दस्तुरमा पहिलेको तुलनामा भारी कटौती गरेकोले पर्वतारोहीको चाप घट्ने होइन, बढ्ने क्रममा छ । भविश्यमा गएर सगरमाथा अर्थात् चोमोलुङ्मा अस्तित्व नै रहेन भने नेपाल र नेपालीले मात्रै नभएर विश्वकै पर्वत र पर्वतारोहण प्रेमीहरुले के माथि गौरव गर्ने ? त्यस्तै सगरमाथा अर्थात् चोमोलुङ्मा चढेवापत् पर्वतारोहीहरुले तिरेको सलामी दस्तुरको पनि न्यायोचित वितरण भैरहेको देखिदैन ।

केही वर्षअघिदेखि मात्रै सरकारले सगरमाथा चढेवापत् पर्वतारोहीबाट उठेको रमकमध्ये निश्चित प्रतिशत रकम सोलुखुम्बु जिल्ला विकास समितिमार्फत जिल्लामा जाने गरेको भए तापनि उक्त रकम नगन्य छ । त्यही थोरै रकम पनि सगरमाथा अर्थात् चोमोलुङ्मा आसपासका गाविसहरु जस्तै खुम्जुङ, नाम्चे, चौंरीखर्क छेस्खाम, बुङ, गुदेल, आदि गाविसहरुमा नगएर केन्द्रीय र, जिल्लाका नेताहरुको प्रभाव र निर्देशन अनुसार जताभावी वितरण हुने गरेको छ ।

यो पंक्तिकार ट्रेकिङ गाइड हो भने गाइड लाइसेन्स नम्बरः– ४२४२ ग्रेड ‘ए’ हो ।

[email protected]

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको