Like us!
Follow us!
Connect us!
Watch us!

लोकमानका ज्वाईं, तामेलदार, खरिदार, वडा सचिव र सइलाई अदालतको मानहानीमा हजार रुपैयाँ जरिमाना

आइतबार, २४ पुस २०७३, १८ : ११ मा प्रकाशित

लोकमानका ज्वाईं, तामेलदार, खरिदार, वडा सचिव र सइलाई अदालतको मानहानीमा हजार रुपैयाँ जरिमाना

अर्थ संसार

काठमाडौं–म्याद तामेलीमा अवरोध गरेको अभियोग लागेका लोकमान सिंह कार्कीका ज्वाइँ प्रवल थापालाई सर्वोच्च अदालतले १ हजार रुपैयाँ जरिमाना गरेको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संयुक्त इजलासले अदालतको मानहानीसम्वन्धी मुद्धामा आइतबार थापालाई जरिमाना गरेको हो । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको अयोग्यतासम्बन्धी मुद्दाको म्याद तामेलीमा थापाले अबरोध गरेका थिए । सबोच्चले काकीको योग्यता नपुगेको भन्दै पदमुक्त हुने फैसला सुनाएको थियो ।

सर्बोच्चले म्याद तामेल गर्न गएका तामेलादार शम्भुबहादुर खत्री, काठमाडौं वडा नम्बर १० की सचिव सरिता राई, खरिदार भेषराज अर्याल र प्रहरी नायव निरीक्षक नकुलराज गौतमलाई समेत जनही १ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । सवोच्चको मानहानी मुद्दालाई गंभिर प्रकृतिको मुद्दामा लिइन्छ । ।

उनीहरुले मुलुकी ऐन अदालती बंन्दोबस्त १११ नंम्बरको प्रतिकूल काम गरेको देखिएको सवोच्च अदालतको ठहर छ ।  

सवोच्चले तामेदार खत्री, वडा सचिव राई र नायव निरीक्षक गौतमलाई कर्तव्य पालना नगरी न्यायिक प्रक्रियामा अवरोध गरेकाले विभागीय कारबाही गर्न सम्बन्धित निकायलाई आदेशसमेत दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको