Like us!
Follow us!
Connect us!
Watch us!

कमजोर बजारका निराश लगानीकर्ता : कहिले आउला बाहार ?

शुक्रबार, ०४ पुस २०७६, ०५ : ०२ मा प्रकाशित

कमजोर बजारका निराश लगानीकर्ता  : कहिले आउला बाहार ?

०७३ श्रावणमा एतिहासीक बिन्दु चुमेको शेयर बजारको त्यसपछिको प्रदर्शन कमजोर रहदै आएको छ । कुनै  चरणमा  केहि आशा देखाए पनि बजारले बुलिस प्रबृती भने देखाउन सकेको छैन्।

देशमा आएको  राजनीतिक स्थायित्व, राज्यबाट शेयर बजारको विकाश विस्तार र विविधिकरणमा चालेका नितिगत तथा प्राविधिक सुधारका कदमले पनि बजारमा अपेक्षीत प्रभाव पारेको छैन्।

अल्पकालीन कारोबारबाट थोरै संङख्याका लगानीकर्ताहरुले बजारबाट लाभ लिन सकेपनि धेरै लगानीकर्ताहरु भने बियरिश ट्रयापमा परेका छन्। यसबाट बजारमा लामो समयदेखिको सुस्तता हट्न सकेको छैन् ।

बजार कमजोर  हुनुमा  उल्लेखित घटनालाई कारकतत्वको रुपमा हेरीएको छ । राष्ट्र बैकंको पुँजीबृद्धी सिमा  पुर्याएका अधिकाशं बैकं तथा वित्तिय सस्थाहरुले नगद लाभाशंमा जोड दिएका छन्। बोनशप्रेमि रहेका नेपाली पुँजि बजारका लगानीकर्ताहरुलाई यसले उत्साहित बनाउन सकेको छैन।

नेपाली लगानीकर्ताको लामो समयदेखिको सपना रहेको अनलाईन प्रणालीको सुरुवात भइसकेको छ । बजारको निम्ति एउटा नयाँ युग मानिएको अनलाईन प्रणाली सुरुवात भएपनि त्यसले बजारमा नयाँ उमङ्ग ल्याउन सकेन।

यद्यपि यो प्रणालीमा भुक्तानी लगायतका अन्य प्राविधिक पक्ष पूर्ण हुन नसक्दा लगानीकर्ताहरु अन्यौलमा रहेको अनुमान गर्न सकिन्छ। बजारमा अधिकाशं सूचिकृत सस्थाहरुको मूल्य कमजोर छ। जलविद्युत समुहका अधिकाशं कम्पनीहरुको मुल्य दुईसय रुपैयाँ भन्दा कम रहेका छन्।

बजारमा नयाँ चक्र सुरुवातको अपेक्षमा लगानिकर्ताहरु रहेपनि बजारको गतिलाई हेर्दा त्यो सम्भावना तत्काल देखिएको छैन्। व्याजदर घट्न सकिरहेको छैन, तरलता अभाव समाधान भएको छैन भने बजारमा शेयरको आपूर्ति उच्च छ। सस्थागत लगानिकर्ताहरु प्राय निस्कृय देखिन्छ्न। 

बजार कमजोर  हुनुमा  उल्लेखित घटनालाई कारकतत्वको रुपमा हेरीएको छ । राष्ट्र बैकंको पुँजीबृद्धी सिमा  पुर्याएका अधिकाशं बैकं तथा वित्तिय सस्थाहरुले नगद लाभाशंमा जोड दिएका छन्। बोनशप्रेमि रहेका नेपाली पुँजि बजारका लगानीकर्ताहरुलाई यसले उत्साहित बनाउन सकेको छैन। त्यसकारणपनि त्यसको असर बजारमा देखिएको छ।

बजारमा तत्काल सुधारका सम्भावना कम भएपनि व्याँजदर र लगानीयोग्य  रकम को शन्दर्भमा आगामी दिनमा देखिने लक्षणले शेयर बजारको अबको प्रबृतीलाई निर्धारण गर्ने अनुमान गर्न सकिन्छ।    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको