Like us!
Follow us!
Connect us!
Watch us!

‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा सुसनले प्रतिनिधित्व गर्ने

आइतबार, ०२ मंसिर २०७५, १३ : ३८ मा प्रकाशित

‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा सुसनले प्रतिनिधित्व गर्ने

अर्थ संसार,काठमाडौं – भारतको नयाँ दिल्लीमा आयोजना हुने पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन् । उक्त प्रतियोगीतामा सहभागी हुन महर्जन आज (आइतबार) बिहान त्यसतर्फ उडेका हुन् ।

१८ देखि २४ नोभेम्बर सम्म ६ दिन चल्ने प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने उनी एक्लो सहभागी हुन् । प्रतियोगीतामा प्रत्येक दिन विभिन्नि कार्यक्रम हुनेछ ।

इण्डीया एक्युजिट पिजेन्ट आयोजक रहेको २८ देशको सहभागीता रहने प्रतियोगीतामा महर्जनले नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गर्नेछन् ।

‘मिस्टर युनिभर्सल एम्बेसडर’लाई आईएमपी अर्गनाइजेसन, इण्डोनेशियाले प्रस्तुत गरेको हो । सुसन महर्जन ‘मिस्टर नेपाल वल्र्ड २०१८’मा ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’ बिजेता हुन् ।

‘मिस्टर युनिभर्सल एम्बेसडर’को उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको महर्जनले बताए । उनले थपे ‘ कलासंस्कृतीको माध्यमबाट नेपाललाई पनि अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको