Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार समान्य अंकले बृद्धि

बुधबार, २८ कार्तिक २०७५, १५ : ४६ मा प्रकाशित

शेयर बजार समान्य अंकले बृद्धि

बुधबारको शेयर तालिका

अर्थ संसार, काठमाडौं– मंगलबार करिव करिव १४ अंकले बढेको शेयर बजार (आज) बुधबार भने ०.९८ विन्दुले बढेको छ । अपेक्षित रुपमा आज पनि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता पुन निराश भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सामान्य विन्दुले बढेको बजारले कुनै चमत्कार गर्न सकेन । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.१७ विन्दुले मात्रै वृद्धि भएको छ ।

कुल १४४ कम्पनीको ७ लाख ८५ हजार ९९३ कित्ता शेयर खरिदविक्री हुँदा १७ करोड ८३ लाख ८० हजार ९३७ रुपैयाँको कारोबार भएको छ । आज खरिद विक्री भएका मध्ये ३ उपसमूहको मात्रै शेयर कारोबारमा बढोत्तरी भएको छ भने बाँकी उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैकिङ २.७८, विकास बैंक ३.५ र निर्जीवन विमा ३३.४९ विन्दुले बढ्दा होटल ७.९६, जलविद्युत १.६२, वित्त ३.७९, अन्य १.५८, माइक्रोफाइनान्स २.१५ र जीवन विमा ४४.३९ विन्दुले ओरालो लागेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको