Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त संस्थाको मनमरी : कृषि क्षेत्रलाई छाडी व्यापार तथा व्यवसायमा केन्द्रीत, लक्षित वर्ग मर्कामा

बुधबार, २८ कार्तिक २०७५, ११ : ५९ मा प्रकाशित

लघुवित्त संस्थाको मनमरी : कृषि क्षेत्रलाई छाडी व्यापार तथा व्यवसायमा केन्द्रीत, लक्षित वर्ग मर्कामा

अर्थ संसार, काठमाडौँ – ग्रामीण क्षेत्रका किसना र आर्थिक रुपमा विपन्न समुदायको जीवन स्तर उकास्न भन्दै सरकारले प्रेरित गरेर स्थापना भएका लघुवित्त संस्थाहरु पछिल्लो समयमा आफ्नो कामबाट विमुख भएका छन् ।

उनीहरुले कृषि क्षेत्रमा असाध्यै न्यून लगानी गर्ने तथा व्यवापार तथा व्यवसायको क्षेत्रमा बढी लगानी गर्ने गरेको पाइएको छ ।

व्यापार तथा व्यवसायमा लगानी गर्दा छोटो समयमा नै धेरै मुनाफा हुने भएकाले लघुवित्त संसथाहरु कृषि क्षेत्रमा लगानी गर्न छाडेका हुन । सरकारको पछिल्लो एक तथ्यांकअनुसार लघुवित्तले कृषि क्षेत्रमा मात्रै २२ प्रतिशत लगानी गरेका छन् । यो असाध्यै न्यून लगानी हो । उनहिरले व्यपार तथा व्यवसायको क्षेत्रमा ५१ प्रतिशत लगानी गरेका छन् ।

कृषि क्षेत्रको विकास र विस्तार गर्ने भन्दै सरकारबाट मोटो रकम अनुदान लिने, न्यून शुल्कमा बजेट उठाएपनि उनीहरु व्यापारिक काममा केन्द्रीत भएका छन् ।

कृषि तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्ने भन्दै लघुवित्तले नेपाल राष्ट्र बैंकबाट २ प्रतिशत व्याजमा कर्जा लिने गरेका छन् । २ प्रतिशतमा लिएको कर्जा किसना तथा नागरिकलाई भने ३६ प्रतिशतसम्म व्याज असुली गरी ठगी गरिरहेको पाइएको छ ।

सरकारसँग न्यून व्याजमा रकम लिएर मोटो व्याज लिदै ठगी गरिरहेको भएपनि नियमनकारी निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन । हाल देशभर ६२ वटा लुघवित्त संस्था प्रभावकारी रुपमा नै क्रियाशिल रहेको पाइएको छ । केही लघुवित्त संस्था खुल्ने क्रममा समेत रहेका छन् ।

नियमानकारी निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले समेत लघुवित्तलाई नियमन गर्न सकेको छैन । बैंकले छाडा छाडिदिँदा लघुवित्तहरु असनको साँढे जस्तै गरी तोकिएको क्षेत्र भन्दा बाहिर लगानी गर्न लागेको बताइन्छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण लिनका लागि धितो राख्नु पर्दछ । तर लघुवित्तमा भने सामूहिक जमानीमा लगानी हुने हुनाले धितोको जरुरी पर्दैन । तर कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न छाडेर ती संस्था व्यापार तथा व्यवसायको क्षेत्रमा केन्द्रीत हुँदा लक्षित वर्ग भने समस्यामा परेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको