Like us!
Follow us!
Connect us!
Watch us!

मेसेडोनियाका पूर्व प्रधानमन्त्री ग्रुएस्कीद्वारा हङ्गेरीमा शरण माग्दै

बुधबार, २८ कार्तिक २०७५, ११ : ४३ मा प्रकाशित

मेसेडोनियाका पूर्व प्रधानमन्त्री ग्रुएस्कीद्वारा हङ्गेरीमा शरण माग्दै

स्कोपये– प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफु हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको जानकारी मङ्गलबार दिनुभएको छ ।

प्रधानमन्त्री रहँदा शक्तिको दुरूपयोग गरेको आरोपमा उहाँलाई दुई बर्षको जेल सजाय तोकिएको छ । अदालतको निर्णय अनुसार जेल सजाय व्यतित गर्नको सट्टा विदेश भागेको भन्दै प्रहरीले उहाँलाई खोजीको सूचीमा राखेको छ । मेसेडोनियाका अधिकारीले ४८ बर्षीय पूर्व प्रधानमन्त्री ग्रुएस्कीले आफुलाई सुरक्षाकर्मीसँग उपलब्ध नगराएपछि सोमबार पक्राउका लागि खोजीको सूचीमा राखेको थियो ।

ग्रुएस्कीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, “म अहिले बुढापेष्टमा छु, मैलै हङ्गेरीका अधिकारीहरूसँग राजनीतिक शरणका लागि अनुरोध गरिरहेको छु ।” रासस÷एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको