Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको खुद नाफा ९१ करोड

बुधबार, २८ कार्तिक २०७५, ११ : १५ मा प्रकाशित

नेपाल बैंकको खुद नाफा ९१ करोड

अर्थ संसार, काठमाडौं –  नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ३८ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

गत वर्ष यो बैंकको खुद नाफा ९७ करोड १३ लाख १८ हजार रुपैयाँ थियो । तर पहिलो त्रैमासमा रेगुलेटरी एड्जस्टमेन्टपछि वितरणयोग्य नाफा भने ९७ करोड ९१ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष वितरणयोग्य नाफा ९७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी १.७२५ ले घटेपनि सञ्चालन नाफामा भने ४०।७८५ सुधार भएको छ । खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड ९९ लाख ९९ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब २८ करोड १३ लाख १४ हजार रुपैयाँ छ ।

नेपाल बैंकले ९३ अर्ब ४३ करोड १४ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ४ करोड ९१ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा २.७८ प्रतिशत र कस्ट अफ फन्ड ३.८४ प्रतिशत छ । गत वर्ष खराब कर्जा ३।४२५ र कस्ट अफ फन्ड २.७७ प्रतिशत थियो ।

यो बैंकको बेस रेट ७.५२ प्रतिशत छ । गत वर्ष यसै अवधिमा बेस रेट ६.९० प्रतिशत थियो । नेपाल बैंकले एफपीओ बेचेर चुक्ता पुँजी ९ अर्ब ८० करोड ८१ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, रिजर्भ कोषमा १९ अर्ब ६० करोड ६० लाख ५८ हजार रुपैयाँ जम्मा भएको छ ।

गत वर्ष रिजर्भ कोषमा ४ अर्ब ७५ करोड ९३ लाख ७२ हजार रुपैयाँ मात्र थियो । प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ३१ पैसाबाट घटेर अहिले ३९ रुपैयाँ ९२ पैसामा आएको छ । यो बैंकको प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ८० पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको