Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार घट्नुको कारण : स्टकको नयाँ प्रणाली र लगानीकर्ताको मनोविज्ञान

मंगलबार, २७ कार्तिक २०७५, ११ : २२ मा प्रकाशित

शेयर बजार घट्नुको कारण :  स्टकको नयाँ प्रणाली र लगानीकर्ताको मनोविज्ञान

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणालीले प्रभावकारी काम गर्न नस्क्दा शेयर लगानीकर्तालाई सबैभन्दा ठूलो समस्यामा पारेको छ ।

बजार लगातार ओरालो लाग्दै आएको छ । बजार ओरालो लाग्दा सबैभन्दा बढी पीडा लगानीकर्तालाई दिएको छ । स्टक भन्छ –कुनै पनि प्रकारको समस्या रहेको छैन । तर बजारको अवस्था हेर्दा स्टकले भनेको कुरा पत्याउने अवस्था पनि छैन  । बजार लगातार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ । बजार आज पनि सोही मनोविज्ञानका कारण पुनः झर्ने अवस्थामा छ ।

वर्तमान सरकार गठन भएपछि फैलाइएका अनावश्यक हल्लाका कारण बजार नराम्ररी प्रभावित भएका थिए । बजार प्रभावित भएका कारण १६०० बिन्दुमा पुगेको शेयर बजार ५०० बिन्दुले घटेको छ ।

बजारमा एकाध कम्पनीका शेयरले कमाएपनि अधिकाशं कम्पनीका शेयरले डुबाएका छन् । घर खेत धितो राखेर शेयरमा लगानी गर्नेहरु पनि देखिएका थिए। उनीहरुको अवस्था झन् भन्दा झन् खराब भएको छ ।

बजारलाई नियमित र स्वचालित बनाउने भन्दै सञ्चालनमा ल्याइएको पूर्ण स्वचालित प्रणाली र डिस्प्ले फरक फरक विषय भएको भन्दै नेप्से विज्ञप्ति जारी गरेर बसेको छ । तर जानकारहरु भने नेप्सेले नयाँ प्रणालीका बारेमा जानकारी नगराउँदा बजार निरन्तर ओरालो लागेको भन्दै आलोचना गर्न थालेका छन् ।

नेपाल धितोपत्र बकोर्डले तिहार अगाडि नै एक सूचना मार्फत अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरेको थियो । पछिल्लो अवस्थाले बजार पिँधमा पुग्न लागेको त होइन भन्ने सन्देश दिएको छ । यदि त्यस्तो अवस्था हो भने धेरै लगानीकर्ताको अवस्था झन् भन्दा झन् खराब हुने देखिएको छ ।

यसबाट सहज पार लगाउनका लागि सरकारले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो त्यसबारेमा कुनै पनि पहल भएको छैन । आइतबार स्ट्याण्डर्ड चार्डड बैंकको शेयर अप्रत्यासित घटेपछि सर्किट ब्रेक नै लाग्यो । सोमबार अपि पावर कम्पनीको शेयरमा  समेत सर्किट ब्रेक लाग्यो । कारण अप्रत्यासित रुपमा ती कम्पनीका शेयर घटन पुगे । यस्तो अवस्थाबाट पार लगाउन नेप्सेले नयाँ प्रणालीको खराबीका बारेमा राम्ररी जानकारी दिनु जरुरी देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको