Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले १४ करोड ऋण दिएर चलाउने भयो औषधी लिमिटेड

शुक्रबार, १४ असोज २०७३, १३ : ३० मा प्रकाशित

सरकारले १४ करोड ऋण दिएर चलाउने भयो औषधी लिमिटेड

अर्थ संसार
काठमाडौं –सरकारले नेपाल औषधी लिमिटेड पुन संञ्चालनमा ल्याउने भएको छ ।  मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले उक्त कम्पनीलाई पुन सन्चालनमा ल्याउने निर्णय गरेको हो । सरकारले पुन सञ्चालनमा ल्याउन कम्पनीलाई १४ करोड ६५ लाख रुपियाँ ऋण उपलव्ध गराउने छ ।

उद्योग मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी उक्त ऋण रकम आवश्यकताअनुसार कम्पनीको अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना एवं मेसिन, उपकरण खरिद गर्ने कार्यमा खर्च गर्ने सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

कंम्पनीलाई विश्व स्वास्थ संगठनको ‘असल उत्पादन अभ्यास’ मापदण्ड अनुसार संञ्चालन गर्नुपर्ने प्रावधान पनि राखिएको छ । कम्पनीले ४८ प्रकारका अत्याबश्कीय औषधी उत्पादन गर्नुपर्ने पनि सरकारले शर्त राखेको छ । उद्योगबाट उत्पादित औषधी सरकारले खरिद गर्ने भएकाले बजारको समस्या नरहने र ऋण पनि समयमै तिर्न सकिने उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताए ।

जोशीका अनुसार उद्योगलाई खुला प्रतिस्पर्धाबाट विज्ञहरुको छनौट गरि निश्चित अवधी तोकेर व्यवस्थापन करारमार्फत संचालन गरिने छ । अहिले उद्योगमा ९७ जना कर्मचारी कार्यरत छन् । उनीहरुलाई पनि स्वेच्छिक अवकासमार्फत विदा गरी आवश्यक पर्ने १९ जना बिषय विज्ञ थप गरेर जनशक्ति व्यवस्थापन गर्ने कार्य योजना रहेको पनि जोशीले जानकारी दिए ।

त्यसैगरी हाल नेपाल औषधि लिमिटेड पुन संचालन गर्ने सम्वन्धमा सम्भाव्यता अध्ययन गरि कार्य योजनासहितको प्रतिवेदन पेश गर्न डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ७ सदस्यिय समिति पनि कार्यरत छ । कम्पनीले २०६० सालसम्म १२० प्रकारका औषधीहरु उत्पादन गर्दै आएको थियो । २०६७ सालदेखि उक्त उद्योग पूर्ण रुपमा बन्द भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको