Like us!
Follow us!
Connect us!
Watch us!
हरेक साता सञ्चार भेटघाट गरिने

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

सोमबार, २६ कार्तिक २०७५, १२ : १६ मा प्रकाशित

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

अर्थ संसार, काठमाडौँ–प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त हुनुभएको छ ।

भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नियुक्त हुनुभएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिकरुपमा सार्वजनिक गरेको छैन ।

हरेक साता सञ्चार भेटघाट गरिने

यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्र्रिया गर्ने तयारी भएको छ ।

प्रेस सल्लाहकार डा अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तक्र्रिया हुनेगरी तयारी भएको जानकारी दिनुभयो । उक्त अन्तक्र्रिया सम्भवतः हरेक बिहीबार हुनेछ ।
उहाँले भन्नुभयो, “सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।” रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको