Like us!
Follow us!
Connect us!
Watch us!

देउसी–भैलोको रकम मिर्गौला पीडितलाई

सोमबार, २६ कार्तिक २०७५, ०८ : ३८ मा प्रकाशित

देउसी–भैलोको रकम मिर्गौला पीडितलाई

अर्थ संसार, दमक– झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गौला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् ।

देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो । चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएको उहाँले जानकारी दिनुभयो ।

बिरामीको उपचारमा हालसम्म रु २२ लाख बढी खर्च भइसकेको र थप उपचारमा समस्या भएकाले बुबा भुवनले सबैसँग थप सहयोगका लागि याचना गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको