अर्थ संसार, काठमाडौँ– चीन सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न सामुदायिक र निजी विद्यालयका शिक्षकलाई यही कात्तिक २७ गतेदेखि दुई सातासम्म चिनियाँ भाषा तथा संस्कृति सिकाइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा कलङ्कीस्थित लर्निङ रियल्म, इन्टर्नेशनल ९एलआरआई० विद्यालय परिसरमा आयोजना गर्ने उक्त कार्यक्रममा चिनियाँ विज्ञले चिनियाँ संस्कृतिका विभिन्न आयामका साथै भाषा सिकाउनु हुनेछ ।
मन्त्रालयका उपसचिव धु्रवराज रेग्मीले दुवै मुलुकबीच सदियौँ पुरानो कूटनीतिक सम्बन्धलाई अब सांस्कृतिक रुपमा विकास गर्न उक्त कार्यक्रम महत्वपूर्ण हुने जानकारी दिनुभयो । प्रधानाध्यापक, कर्मचारी, शिक्षक गरी करीब सयजनालाई भाषा सिकाइनेछ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस